जयशंकरले ताण्डव देखाउन शुरू गरे

जयशंकरले ताण्डव देखाउन शुरू गरे

काठमाडौ ।भारतका विदेशमन्त्री एस जयशंकरले नेपालका लागि भारतीय राजदूतसँग भेट गर्ने समय नदिएर कुटनीतिक व्यवहारमा ताण्डव देखाउन शुरू गरेको कुटनीतिज्ञहरूको भनाइ रहेको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको नयाँ सरकार ३० मेमा गठन भएलगतै विदेशमन्त्री जयशंकरसँगको भेटका लागि गरिएको आग्रहमा भइरहेको ढिलाइलाई जयशंकरको ताण्डव शुरू भएको भनि कुटनीतिज्ञहरूले टिप्पणी गरेका छन् ।

 नेपाली राजदूतलाई भेट्नका लागि जयशंकरले पर्खाइ राखेको विषय नेपाली मिडियामा सार्वजनिक भएको खबरबारे कतारका लागि एक पूर्व राजदूतले यस्तो टिप्पणी गरेका हुन् ।

सरकार गठन भएको एक महिना बढी भइसकेको छ तर दूतावासले पठाएको पत्रको जवाफ त के त्यसबारे कुनै फोनकल समेत आइपुगेको छैन् ।

नयाँ दिल्लीस्थिति दूतावासका कर्मचारीहरूले यस्तो जनाएका हुन् ।

नाम नखुलाउने शर्तमा पूर्व राजदूतले भने “ नेपालका लागि भारतीय राजदूत नीलाम्बरलाई विदेशमन्त्री जयशंकरले कुटनीतिक ताण्डवको ध्वनि सुनाउन थालेको जस्तो छ ।”

पछिल्लो समय बिग्रिएको नेपाल भारत कुटनीतिक सम्बन्ध ठीक बाटोमा आइपुगेकोमा कतिपयको आंशका रहेको छ । यस्तोमा हुने व्यवहार अलि फरक किसिमको हुन्छ ।

तर राजदूत आचार्यका लागि जयंशकर भेट्नु आवश्यक रहेको छ । नेपाल र भारतबीचका कतिपय दुई देशीय छलफल आगामी महिनाहरूमा हुने भएकाले भेट महत्वपूर्ण मानिएको छ ।

विदेशमन्त्री प्रदीप ज्ञावालीले नेपाल भारत पाँचौ संयुक्त आयोगको बैठकको आयोजनाबारे जयशंकरलाई दुई पटक आग्रह गरिसकेका छन् ।

जयशंकर आफै पनि बैठकमा काठमाडौं आउनुपर्ने योजना रहेको छ ।

नेपालले भारतका राष्ट्रपति रामनाथ कोविन्द र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण यो वर्ष भित्र गराउने कार्यहरू रहेका छन् ।

यस्तोमा आचार्यले भेट्नुपर्ने आवश्यकता रहेकै  देखिन्छ । पूर्व कुटनीतिज्ञहरूका अनुसार यति लामो समयसम्म नेपाली राजदूतलाई पर्खाइएको यो पहिलो पटक हो ।

यसअघि बढीमा हप्ता दश दिनसम्म पर्खाइएकोमा यो पटक महिना नाघि सकेको छ । राजदूत आचार्यले जयशंकरसँग औपचारिकरूपमा भेटवार्ता गर्न भ्याएका छैनन् ।

आचार्यले मार्च १३मा आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

अप्रिल ९मा उनले भारतका लागि फ्रान्सेली राजदूत, अप्रिल ११मा अमेरिकी राजदूतलाई मात्रै भेटेनन् जिम्मेवारीबाट मुक्त हुन लागेकी तत्काली विदेशमन्त्री सुष्मा स्वराजसँग १२ अप्रिलमा भेटेका थिए ।

विगतमा नेपाल भारतको सन्दर्भमा आचार्यका अभिव्यक्तिहरूबाट भारतीय पक्ष असुन्तुष्ट भएको हुन सक्ने देखिएको छ । 

छिमेकी पहिलो नीति लिएको भारतका विदेशमन्त्री जयशंकरले नेपाली राजदूतलाई भेट्न नखोज्नु आचार्य विरूद्धको प्रतिकूल व्यवहारलाई दर्शाइ रहेको देखिएको कुटनीतिक क्षेत्रको बुझाइ रहेको छ ।

आचार्यले उचित समयमा भेटने विश्वास आफूले लिएको बताएका छन् ।

नेपालको संविधान घोषणा हुन केही दिन अघि मात्रै भारतका प्रधानमन्त्री मोदीको विशेषदूत भएर जयंशकर नेपाल आएका थिए ।

त्यतिबेला विदेश सचिव रहेका जयशंकरले मोदीको सन्देश लिएर आउँदा कुटनीतिक व्यवहार अनुभव गरे अनुसार नै आफ्नो व्वहार दर्शाउने भएकाले यस्तो देखिएको हुन सक्नेछ ।