भेनेजुएलामा राष्ट्रपति मदुरोद्वारा मध्यावधि निर्वाचनको प्रस्ताव

भेनेजुएलामा राष्ट्रपति मदुरोद्वारा मध्यावधि निर्वाचनको प्रस्ताव

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले त्यहाँको राष्ट्रिय सभामा मध्यावधि निर्वाचनको प्रस्ताव प्रस्तुत गरेका छन् । गत साता आफू नै अन्तरिम राष्ट्रपति भएको प्रतिपक्षी नेता जुआन गुआइदोको नियन्त्रणमा रहेको छ । गुआइदो राष्ट्रिय सभाका अध्यक्ष पनि हुन् ।

राजधानी काराकसमा सत्तापक्ष र प्रतिपक्ष दुबैका पक्षमा हजारौंको जुलुश र प्रदर्शन हुँदै आएकाले मदुरोले मध्यावधि निर्वाचनको प्रस्ताव गरेका हुन् ।

गुआइदोको सत्ता कब्जाको प्रयासलाई तत्कालै अमेरिका र उसका सहयोग देशहरूबाट समर्थन प्राप्त भएपछि त्यहाँको राजनीतिक संकट युद्धोन्मादी हुन पुगेको हो । अमेरिकाका सहयोगी ल्याटिन अमेरिकी र युरोपली देशहरूले भेनेजुएलाका स्वघोषित राष्ट्रपति गुआइदोप्रति आफ्नो समर्थन जाहेर गरे भने मदुरोको समर्थनमा रूस, मेक्सिको, चीन र अन्य देशहरूले आफ्ना मत जाहेर गरी यो विषय भेनेजुएलाको आन्तरिक मामिला भएको बताए ।

तेलको मूल्यमा आएको ठूलो गिरावटले निम्त्याएको अर्थतन्त्रको समय, अमेरिकाले लगाएको आर्थिक नाकाबन्दी र गरिबीको समस्याले गर्दा त्यहाँ यो राजनीतिक उथलपथल देखा परेको हो ।

नियमित रूपमा संसदका निर्वाचनहरू सन् २०२० मा हुने अपेक्षा गरिएको थियो । तर मदुरोले राजधानी काराकासमा आफ्ना समर्थकहरूको जुलुशलाई सम्बोधन गर्दै संसदको पुनः वैधानिकता खोजिएको आवश्यकताबारे जानकारी गराएका थिए ।

उनले संवैधानिक विषयमा संशोधनका लागि मस्यौदा तयार गर्न सन् २०१७ मा गठित संविधान सभासँग आफूले यसबारे सल्लाह गर्ने बताए ।

सो सभाले मध्यावधि चुनाव गराउन  अनुमति दिए यो वर्षको कुनै समय निर्वाचन हुनेछ । यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रिय सभाका नेता गुआइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरी गरेका सबै कार्यहरूलाई खारेज गरेको छ ।

शनिबार त्यहाँको पूर्व राष्ट्रपति ह्युगो चाभेजको नेतृत्वमा भएको बोलभारिन क्रान्तिको २० वार्षिकोत्सव मनाउन राजधानीमा जम्मा भएको जनताले निर्माण गरेको जनसागरलाई राष्ट्रपति मदुरोले सम्बोधन गरे । त्यो ¥यालीमा राष्ट्रिय ध्वजा र चाभेजका तस्विर फहराइएको थियो ।

ठीक यहिबेला राजधानीको पूर्वी क्षेत्रमा पनि हजारौंको भीड प्रतिपक्षीको आयाजनामा जम्मा भएको थियो । राष्ट्रिय ध्वजा लिएका आफ्ना समर्थकलाई गुआइदोले सम्बोधन गरेका थिए ।

मदुरोले प्रतिपक्षी नेता गुआइदोलाई वार्ता र संवादबाट भेनेजुएलाको राजनीतिक संकटको निकास निकाल्न आग्रह गरेका थिए । संवाद अर्थतन्त्र र राष्ट्रिय शान्तिका विषयमा मात्र केन्द्रीत हुने पनि उनले स्पस्ट पारेका थिए ।

तर प्रतिपक्षी नेता गुआइदोले सत्ता कब्जा गर्न फेब्रुअरी १२ मा ठूलो प्रदर्शनको आयोजना गरिने जनाए । सत्ता संघर्षको यो क्रमभंग बिन्दु हुने बताउँदै  उनले ९० प्रतिशत जनता परिवर्तन खोजेको र कोही गृहयुद्धबाट भयभित नभएको चेतावनी दिए ।