यी आमा कि यमराज ? : जसले आफ्नै चार जना छोराछोरीलाई विष खुवाइन ? 

यी आमा कि यमराज ? : जसले आफ्नै चार जना छोराछोरीलाई विष खुवाइन ? 

जनकपुर, २० असार । आफैले जन्माएका छोराछोरीको सबैलाई माया लाग्छ, तर समाजमा यस्ता पनि आमा हुँदा रहेछन्, जसले आफ्नै सन्तानलाई मार्न समेत नहिच्किचाउने रहेछन् ।
 
यसको पछिल्लो उदाहरण बनेको छ, बाराको सवर्ण गाउँपालिका ४ देवापुर चौरहियाकी रुसमा खातुन । उसले आफैले जन्माएको चार जना छोराछोरीहरुलाई भातमा बिष खुवाएर फरार भएको परिवारजनले आरोप लगाएका छन् ।

विहीवार बिहानै करिब साँढे ९ बजेको समयमा खातुनले भात, दाल पकाई त्यसमा बिष मिसाएर आफ्ना छोराछोरीहरुलाई खुवाएर फरार भएको रुसमाका काका ससुरा भिखारी मियाँले बताएका छन् । 

खातुनका ८ बर्षका छोरा न्यामुदिन मिया, २ बर्षका छोरा औलादिन मिया, ७ बर्षका छोरी सनाजा खातुन र ६ बर्षका छोरी मोजना खातुनलाई आमा रुसमाले बिष खुवाएको भिखारी मियाँको भनाइ छ । 

विषसेवन गराइएका चारैजना बालबालिकाहरुलाई भिखारीले कलैयास्थित अस्पतालमा उपचारका लागि लगेका थिए । अस्पतालमा उपचारपछि चारै जना सिकिस्त बालबालिकाहरु खतरामुक्त रहेको डा.राहुल कर्णले जनाएका छन् ।

अस्पतालमा आउँदा पेट दुख्ने, अलिअलि बान्ता भइरहेको थियो तर औषधि गरेपछि पेट दुख्ने र बान्ता आउने पूर्ण रुपमा बन्द भइसकेको डा. कर्णको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक रंजितसिंह राठौरले  ती बालबालिकाहरुका आमा फरार रहेकाले घटनाको यकिन कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् । 
 
विषसेवन गराइएको एकिन भए पनि कुन विषादी कति परिमाणमा खाएका थिए, त्यो खुल्न सकेको छैन् । रुसमाको माइत भारतको लालछपरामा रहेको छ ।