गरिबी समाप्त पार्ने चिनियाँ सरकारको मोबाइल गेम

गरिबी समाप्त पार्ने चिनियाँ सरकारको मोबाइल गेम

काठमाडौ । चिनियाँ सरकारले सन् २०२०सम्म गरिबी हटाउन एक मोबाइल गेमको निर्माण गरेको छ ।

किसानको गरिबी हटाउने योजनासहित यो मोबाइल गेमको निर्माण गरिएको हो ।

नवपर्वतन अन्तर्गत चीनले गरिबी हटाउन तयार पारिएको मोबाइल गेम खेल्दा यसबाट देशको ठूलो हिस्सातर्फ आकर्षित हुने अपेक्षा गरिएको छ ।

यो गेम खेल्नेहरूलाई क्रेडिटको सुविधा प्राप्त हुनेछ । यसको उपयोग किसानको उत्पादन खरिद गर्न गरिन्छ ।

चीनको वित्तमन्त्रालय अन्तर्गत गरिबी निवारण कार्यालयले एक म्यासेजिङ च्याट एप वी च्याटसँग एक मोबाइल गेम बनाउने सम्झौता गरेको छ ।

यो प्लेटफार्मबाट  गेम खेल्नेहरूलाई प्राप्त हुने क्रेडिट सुविधा डिस्काउन्ट कूपनको रूपमा गरिनेछ ।

यी कुपनहरूको प्रयोग गरी इ–कमर्स प्लेटफर्मबाट स्थानीय किसानले उत्पादन गरेको चामल र फलफूल खरिद गर्न सक्नेछन् । यसबाट किसानको आमदानीमा बृद्धि हुनेछ ।

यसको परीक्षण योजना युनान प्रान्तको योङशेङ , हुनानको पिङजियाङ र साङसीको फेङसी काउन्टीमा गरिने भएको छ । चीन सरकारले देशबाट गरिबी हटाउन निरन्तर प्रयास गरिरहेको छ ।

२०१९मा चीनको ग्रामीण क्षेत्रबाट १ करोड ३८ लाख मानिस गरिबीबाट मुक्त भइसकेका छन् ।

२०१२ मा ९ करोड ८९ लाख गरिब रहेका थिए । चिनियाँ सरकारले सन् २०२०सम्म गरिबी समाप्त गर्ने लक्ष्य लिएको छ ।