इट्टा बोकेको ट्रक त्रिशूली नदीमा खस्दा दुईको मृत्यु

 इट्टा बोकेको ट्रक त्रिशूली नदीमा खस्दा दुईको मृत्यु

चितवन २० असार । त्रिशूली नदीमा शुक्रबार मालबाहक ट्रक खसेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक शुक्रबार बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खस्दा २ जनाको घटनास्थलमै ज्यान गएको हो । 

दुर्घटनामा ज्यान गुमाउनेमा बालकृष्ण यादव र रविकान्त यादव छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, रविकान्त सोही ट्रकका धनी हुन भने बालकृष्ण चालक । दुर्घटनामा घाइते एक जनाको उद्धार भएको छ । उद्धारपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।