राजनीतिक भविष्य खोज्दै हिँडेका बाबुरामलाई मनु हुमागाईँले साथ छोडेपछि यसरी बहकिँदै छन् फेसबुकमार्फत...

राजनीतिक भविष्य खोज्दै हिँडेका बाबुरामलाई मनु हुमागाईँले साथ छोडेपछि यसरी बहकिँदै छन् फेसबुकमार्फत...

काठमाडौं, २० असार । राजनीतिमा आफै थिर नभएर यो पार्टी र उ पार्टी चाहार्दे हिँड्ने बाबुराम भट्टराइले नेतृ मनु हुमागाईप्रति आक्रोश व्यक्त गरेका छन् । 

तत्कालिन नेकपा (माओवादी) का उपाध्यक्ष, त्यसपछि नयाँ शक्ति पार्टी नेपालको संयोजक र हाल उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा आश्रय लिन पुगेका बाबुराम भट्टराइले मनु हुमागाईँ उनको पार्टीमा नरहेको झोँकमा सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश पोखेका छन् ।

आफ्नै राजनीतिक भबिष्य नभएर बाटो खोज्दै हिँडेका भट्टराईले ‘राजनीतिमा नैतिकता र इमान्दारीताको ठूलो महत्व हुन्छ भन्दै जता काफल पाक्यो उतै चरी नाच्यो’ भन्ने तुच्छ अभिब्यक्ति दिनुले बाबुरामले आफ्नै मुखमा आफैले थुकेको पत्तो पाएका छैनन् भन्ने स्पष्ट भएको छ ।  

तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघकी संयोजक मनु हुमागाईँले बाबुराम र उनको पार्टीको साथ छोडेर सत्तारुढ दल नेकपामा प्रवेशको तयारी गरेपछि समाजवादीको बाबुराम खेमा निकै छटपटीमा परेको बुझिएको छ । स्रोतका अनुसार समाजवादी पार्टीसँग नयाँ शक्तिले एकता गरेको भनिएपनि बाबुरामका श्रीमान–श्रीमती र दुई–चार जना उनका पिछालग्गुहरुमात्र संघीय समाजवादीमा गएपछि उपेन्द्र यादव पनि बाबुरामप्रति सन्तुष्ट बन्न नसकेको पार्टी भित्र गाईगुई हल्ला चल्न थालेको छ ।