‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ’ : प्रधानमन्त्री ओली

‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ’ : प्रधानमन्त्री ओली

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सफल हुने भयो भनेर मानिसहरु अत्तालिन थालेको बताएका छन् ।

समाजवादी पार्टीका नेताहरुलाई नेकपा प्रवेश गराउन शुक्रबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम गरेपछि मानिसहरु आत्तिन लागेको दावी गरे ।
प्रतिपक्षीहरुलाई आलोचना गर्न छुट भएको भन्दै प्रधानमन्त्रीले भने ‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।’

उनले काठमाडौंमा मास्क नलगाई हिँड्न सकिने बनाउन सरकार लागि परेको बताए । आफु प्रधानमन्त्री हुँदा मस्क लगाएर मात्र हिँड्नु पर्ने काठमाडौंबासी अहिले मास्कको प्रयोगमा कमी गर्दे गएको पनि जिकिर गरे । उनले सरकारले सरकारको विरोधका लागि केहीले मास्क लगाउन थालेको आरोप पनि लगाए ।