बाबुराम भट्टराईको पीएचडीले अन्यत्र सकारात्मक परिणाम दिन सक्दैन : प्रचण्ड

 बाबुराम भट्टराईको पीएचडीले अन्यत्र सकारात्मक परिणाम दिन सक्दैन : प्रचण्ड

काठमाडौं, २० असार । नेकपाका अध्यक्षले प्रचण्डले आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराईसहतिका नेताहरुलाई पार्टी एकतामा आउन आग्रह गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बारहीमा आयोजित कार्यक्रममा पूर्व नयाँ शक्ति, संघीय समाजवादी, विप्लव समूह र बैद्य समूहका नेतालाई पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडीले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने दाबी गर्दै बाटो बिराएकाहरु ढिलो चाढो नेकपामा आउने विश्वास ब्यक्त गरे ।

त्यस अवसरमा प्रचण्डले मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरे । उनीहरुलाई सम्मान दिन पार्टी तयार रहेको भन्दै सम्झाइदिन पनि प्रचण्डले आग्रह गरे ।