रोजगार संयोजकको लागि युवा–युवतिको आकर्षण

रोजगार संयोजकको लागि युवा–युवतिको आकर्षण

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा रोजगार संयोजकका लागि आवेदन माग गरेकोमा उल्लेख्य युवा युवतिमा त्यसमा आकर्षित भएका छन् ।

अनलाईन प्रणालीबाट आवेदन लिइएकोमा १५ दिनको अवधिमा २३ हजार ९६८ आवेदन परेको छ। शुक्रबारबाट आवेदन गणना गरिएकोमा करिब २४ हजार आवेदन संकलन भएको मन्त्रालयले जनाएको छ। प्रदेश ३ र सुदूरपश्‍चिम प्रदेशमा रोजगारी संयोजकको लागि सबैभन्दा बढी आकर्षण देखिएको छ। प्रदेश तीनको स्थानीय तहमा ११९ जना संयोजक आवश्‍कयकता परेकोमा चार हजार ९९४ जनाले आवेदन दिएका छन्।

त्यस्तै सुदूरपश्‍चिम प्रदेशमा ८८ जना रोजगार संयोजक तोकिएकोमा चार हजार चार जनाले निवेदन दिएका छन्। कुन प्रदेशमा कति कति आवश्यकता कति आवेदन रु प्रदेश १ आवश्यकता १३० जना अधिकृत र सात जना सुब्बा आवेदन तीन हजार ६६५ प्रदेश २ आवश्यकता प्रदेश २ मा १३६ अधिकृत आवेदन तीन हजार ६७१ प्रदेश ३ आवश्यकता ११२ जना अधिकृत ७ जना नायब सुब्बा आवेदन चार हजार ९९४ गण्डकी प्रदेश आवश्यकता ७४ जना अधिकृत र ११ जना नायब सुब्बा आवेदन एक हजार ९९५ प्रदेश ५ आवश्यकता १०९ जना अधिकृत आवेदन दुई हजार ३०१ कर्णाली प्रदेश आवश्यकता ६२ जना अधिकृत र १७ जना नायब सुब्बा आवेदन तीन हजार ३७८ सुदूरपश्‍चिम प्रदेश आवश्यकता सुदूरपश्‍चिम प्रदेशमा ८२ जना अधिकृत र ६ जना नायब सुब्बा आवेदन चार हजार चार कसलाई कति अंक रोजगार संयोजक छनौट तीन चरणमा गरिने जना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले जनाएका छन्।