दक्षिण एसियामा अमेरिकाको रणनीतिक प्रवेशप्रति श्रीलंका असहमत

दक्षिण एसियामा अमेरिकाको रणनीतिक प्रवेशप्रति श्रीलंका असहमत

काठमाडौ । नेपाल र श्रीलंकाबाटो भएर राइँदाइँ गर्न खोज्ने योजनासहित दक्षिण एसियामा अमेरिकाले खोजेको रणनीतिक प्रवेशप्रति श्रीलंकाले असहमति जनाएको छ ।

सन् २०१९सम्म पदमा रहने श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरीसेनाले अमेरिकालाई आफ्नो बन्दरगाह सैनिक गतिविधिका लागि उपलब्ध नगराउने स्पस्ट पारेका छन् ।

अमेरिकाले श्रीलंकाको बन्दरगाहलाई सैनिक गतिविधका लागि उपलब्ध गराउन सहमतिमा ल्याउन गरेको सम्झौता श्रीलंकाले नगर्ने राष्ट्रपति सिरीसेनाले स्पस्ट पारेका छन् ।

उनले यसलाई श्रीलंकाको सार्वभौमिकतमाथिको हस्तक्षेप भनेर परिभाषित गरेका हुन् ।

राष्ट्रपति सिरीसेनाले भने “यस्तो कुनै सम्झौतमाथि आफूले हस्ताक्षर नगर्ने जसले हाम्रो स्वतन्त्रता र सम्प्रुता प्रभावित गराउँछ । ”

अमेरिका र श्रीलंकाबीच स्टेटस अफ फोर्सेज एग्रीमेंट (सोफा)को सम्झौताबारे छलपलल भइरहेको छ ।

उनले दुबै देशको सैनिक सम्बन्ध विस्तारका लागि सहयोगसम्बन्धी विषयमा छलफल गर्न श्रीलंका तयार रहेको बताए ।

तर बन्दरगाह दिने शर्त श्रीलंकालाई आफू पदमा रहेसम्म स्वीकार नहुने बताए ।

श्रीलंकाले यो सम्झौतामा हस्ताक्षर गरे अमेरिकी सेना जुनसुकै बेला श्रीलंकाको बन्दरगाहमा आउन जान सक्ने हैसियत प्राप्त गर्नेछन् ।

एक वर्ष अघि अमेरिकाले श्रीलंकाको सामुद्रिक क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्ने र त्यसका लागि त्यहाँ तीन करोड ९०लाख अमेरिकी डलरको लगानी लगाउने घोषणा गरेको थियो ।

चीनले हिन्द महासागरीय द्वीपमा रणनीतिक पकड कायम गरिसकेकोले अमेरिकाले यहाँ आफ्नो उपस्थिति खोजेको हो ।

श्रीलंकामा चीनले आफ्नो द बेल्ट एन्ड रोड इन्सिएटिभ अन्तर्गत ठूलो लगानी गरिसकेको छ ।

सन् २००९मा  श्रीलंकाको गृहयुद्ध समाप्त भएपछि अमेरिकाले उसलाई हतियार बिक्रीमा रोक लगाएको थियो ।

चीनले श्रीलंकालाई ऋण सहित वित्तीय सहयोग गर्दै आएको हो । ऋण चुकाउन नसकेपछि श्रीलंकाले आफ्नो बन्दरगाह चीनलाई ९९ वर्षसम्मका लागि लिजमा दिएको छ ।

यसैगरी नेपाललाई इन्डो प्यासिफिक रणनीतिमा फसाउन खोजिरहेको छ । अमेरिकाले दक्षिण एसियामा यी दुई देशको उपस्थिति महत्वपूर्ण रहेको छ ।