अमेरिकी टेक गुरू अर्को क्रान्ति गर्न क्यूबा पुगे
काठमाडौ । अमेरिकाको टेक गुरू जोन म्याकाफीले आफू अमेरिकी सरकारको आक्रमणबाट बचाउन क्युबालाई सहयोग गर्न सक्ने बताएका छन् ।
क्युबाको राजधानी हवानाको एक बन्दरगाहमा आफ्नो सेतो जहाजमा सिगार तान्दै उनले यस्तो बताएका हुन् ।
अमेरिकाले क्युबामाथि आर्थिक नाकाबन्दी लगाएको छ । उनले भने “आफूले प्रविधि क्षेत्रको एक मुद्रा ‘क्रिप्टोकरेन्सी’को विकास गरेपछि त्यसले अमेरिकी नाकाबन्दीलाई पराजित गर्नेछ ।”
अमेरिकी कर अधिकारीहरूको पहुँचबाट भागेर टाढा पुगेका टेक गुरू म्याकाफीले यस्तो बताए ।
उनले १९८०मा इपोनीमस एन्टिभाइरस सफ्टवेयरका विकास गरे । एक अन्तर्वार्तामा उनले डिजिटल करेन्सीको अज्ञानताका बारेमा जानकारी दिएका थिए र त्यसक्रममा आयकर अवैध गतिविधि भएको विश्वास व्यक्त गरेका थिए ।
७३ वर्षीय म्याकाफी ले भने “अमेरिकी सरकारको आर्थिक नाकाबन्दीबाट उम्कन मुद्राको एक गुप्त प्रणालीको प्रयोगबाट आँखा झिम्काएजस्तो हुनेछ । त्यसैले आफूले क्युबालाई औपचारिक प्रस्ताव गरेको छु ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आर्थिक नाकाबन्दीबाट उम्कन यो क्रिप्टोकरेन्सीबाट सम्भव हुने वा नहुने त्यसबारे क्युबा सरकारले अध्ययन गरिरहेको छ । तत्काल टेक गुरू म्याकाफीको प्रस्तावबारे कुनै प्रतिक्रिया दिएको छैन् ।
नाकाबन्दीबाट पिडित इरान र भेनेजुएलाले डिजिटल करेन्सीको प्रयोग गर्ने जनाएको भएपनि त्यसबाट उनीहरूलाई फाइदा भएको हो वा होइन प्रस्त देखिएको छैन् ।
यो क्रिप्टोकरेन्सीको विशिष्ट प्रयोग गर्ने विश्वमा बढीमा १० भएको र त्यसमध्ये टेक गुरू म्याकाफी हुन् । उनले यसको विशिष्ट प्रयोग जान्ने विश्वका १० भन्दा कम मानिस भित्र आफू एक भएको बताए ।
लिबरटारियन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदको मनोयन गरेका म्याकाफीले निर्वासनमा बसेर चुनाव प्रचार गर्न दुई सुरक्षा कर्मी र सात कर्मचारी चार ठूला कुकुर र पत्नीसमेत गरी सो सेतो जहाज लिएर क्युबा तर्फ लागेका छन् ।
सन् २०१६ उनी तेस्रो भएका थिए ।
म्याकाफीले वैचारिक कारणले ८ वर्ष देखि आयकर नतिरेको बताए । आन्तरिक राजस्व सेवाले यसबारे प्रतिक्रिया जनाएको छैन् ।
अमेरिकाबाट जनवरीमा बहामास गएका म्याकाफीले त्यहाँबाट क्युबा पुगेका हुन् । बहामास हुँदा अमेरिकाले आफूलाई सुपुर्दगी गराउने आंशका दखेरे त्यहाँबाट क्युबा पुगेका थिए ।
उनको ट्विटर अकाउन्टमा १०लाख फलोअरहरू छन् । उनले त्यसको आधारमा राष्ट्रपति पदको चुनाव प्रचार सोसल मिडियाबाट गर्नेछन् ।
क्युबाले उनलाई अमेरिका सुपुर्दगी कहिल्यै नगर्ने विश्वास छ । टेक गुरूको विषयमा अमेरिका र क्युबा कुनै पनि सरकारले केही प्रतिक्रिया दिएको छैन् ।
म्याकाफी भन्छन् “ उनीहरूले मलाई जेल हाल्न चाहन्छन् र फेरि बोल्न दिन चाहँदैनन् । म उनीहरूलाई यसो गर्न दिन चाहेको छैन किनभने मलाई धेरै भन्नुछ ।”
प्रतिक्रिया