माओवादी निकास बिन्दुहरूलाई घेरा हाल्दै भारतीय रिजर्भ पुलिस फोर्स 

माओवादी निकास बिन्दुहरूलाई घेरा हाल्दै भारतीय रिजर्भ पुलिस फोर्स 

काठमाडौ । करिब ७ हजार भारतको केन्द्रीय प्रहरी बलले माओवादीहरूका सबै निकास बिन्दुहरूलाई घेरा हाल्ने भएको छ ।

दक्षिण छत्तीसगढको दुर्गम क्षेत्र मानिएको अबुझमादमा सुरक्षाकर्मीको कमीलाई पूरा गर्ने उद्देश्यका

साथ केन्द्रीय प्रहरी बललाई त्यस क्षेत्रका हरेक निकास बिन्दुलाई सुरक्षाकर्मीहरूको घेरामा पार्ने योजना बनाइएको हो ।

माओवादीहरूलाई बाहिर निस्कन नदिने गरी सैनिक अभियान सञ्चालन गर्न खोजिएको सरकारका एक बरिष्ठ अधिकारीले जनाएको भारतको द हिन्दुले जनाएको छ ।

संघीय गृहमन्त्रालयले प्रान्तलाई शहर क्षेत्रमा गतिविधि गरिरहेको माओवादीहरू विरूद्ध आक्रमक रहन निर्देशन दिएको छ ।

गतवर्ष मानवअधिकारकर्मी वकिल सुधा भारद्वाजलगायत १० जनलाई महाराष्ट्र प्रहरीले माओवादीसँग सम्बन्ध रहेको आरोप लगाइ प्रकाउ गरेको थियो ।

उनीहरूले त्यो आरोपलाई अस्वीकार गरेका थिए ।

यो वर्ष माओवादी विरूद्धका साठी कारबाही गरियो । त्यसमा ३४ माओवादी र १७ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

त्यस क्षेत्रको घनघोर जंगलमा माओवादीहरूले आफ्नो आश्रयस्थल बनाएका छन् । 

यस किसिमको आदेश अमित शाहले गृहमन्त्रीको पद सम्हालेयता यो वर्ष दिइएको देखिएको हो ।

अन्य थप प्रहरी बिजापुर  र सुकमा जिल्लामा पनि तैनाथ गरिनेछ ।

झारखण्ड, महाराष्ट्र, बिहार, ओडिसा, आन्ध्रप्रदेश , तेलांगना र मध्यप्रदेशमा भारतीय माओवादीको बलियो पकड रहेको मानिन्छ ।