नेपाल पत्रकार महासंघ आन्दोलनबाट पछि हट्यो

नेपाल पत्रकार महासंघ आन्दोलनबाट पछि हट्यो

२२ असार, काठमाडौं । नेपाल पत्रकार महासंघ चालू आन्दोलन स्थगित गर्ने निर्णयमा पुगेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्बाङसँग भेटेर औपचारिक रुपमा आन्दोलन स्थगित गर्ने निर्णय आज महासंघको उपलब्ध केन्द्रीय सदस्यसहित बसेको पदाधिकारीको वैठकले गरेको हो । 


सुवास नेम्बाङसँग वार्ता र सहमति गर्नका लागि सभापति गोविन्द आचार्य, उपसभापति विपुल पोखरेल, महासचिव रमेश बिस्ट, जनजाति सचिव उदय जीएम र केन्द्रीय सदस्य यम बिरहीको टोली वैठकले खटाएको छ । 

सरकारले ल्याएको क्लिन फिड, समानुपातिक विज्ञापन, श्रमजीवी पत्रकार ऐनजस्ता महत्वपूर्ण विषयमा मौन रहेर महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका केही बुँदाका बारेमा मात्र कुरा उठाएर आन्दोलन गरेकाले आन्दोलन फितलो भएको थियो । यसले पत्रकारहरुमा नै मत विभाजन बनेको थियो ।

यस्तै विवादका मिडिया मालिकहरुको संगठन मिडिया सोसाइटी विभाजन नै बन्यो । भास्करराज कर्णिकारको नेतृत्वमा मिडिया काउन्सिल अफ नेपाल नै बन्यो । 

यसको प्रभाव पत्रकार महासंघमा पर्ने संकेत देखिएपछि महासंघ पछि हट्न बाध्य भयो ।