कतारी रियालको नेपालमा सदूपयोग

कतारी रियालको नेपालमा सदूपयोग

६ जुलाई २०१९ कतार । कतारमा बैदेशिक रोजगारीको सिलसिलामा गएका युवाहरुको सयुक्त लगानीमा मिमोसा मल्टीप्रपोज कम्पनी गत १ जुलाईका दिन औपचारिक संचालनमा ल्याए । 

‘आफै मालिक आफै श्रमिक हुनु पर्छ’ भन्ने उद्वेश्यले कतारबाट उक्त कम्पनीमा लागनी गर्ने  युवाहरुले मिमोसा रेष्टुरेन्ट एण्ड थकाली किचेन, मिमोसा ट्राभल्स एजेन्सी र मिमोसा आयुर्वेदिक क्लिनिक संचालनमा ल्याइएका छन् । 

करिब ५० लाखको लगानीमा संचालनमा आएको यो मल्टि कम्पनीको असार १६ गते सोमबार नेपालका चर्चित कलाकार दीपकराज गिरीले एक विशेष कार्यक्रमका बीच उद्घाटन गरेका थिए । यो कम्पनीमा २२ जना रोजगार भएका छन् ।

उता रोयल नेपाली रेस्टुरेण्टको सभाहल कतारमा नेपालमा खोलिएको कम्पनीको ओपनिङ्ग गरेका थिए । कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रममा डिएमआइका दीपक ढकाल, जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष राज चुवान, सद्भाव युवा समाजका सल्लाहकार सुरेश तामाङ, वेयलफेयरका अध्यक्ष दीपक थापा, खोटाङ सेवा समाजका अध्यक्ष रुद्र शर्मा लगायतले व्यावसायिक सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको समापन गर्दै सोही कम्पनी कतारका अध्यक्ष मोहन श्रेष्ठले कतारमा कमाएको केही पैसा घर खर्चबाट बचेको स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्वेश्यले नेपालमा सामुहिक लगानीमा बहुउद्देश्यीय कम्पनी स्थापना गरिएको बताउछन । कम्पनीले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पु¥याउने लक्ष्य लिएको  पनि जानकारी दिएका थिए ।