लालुको किडनीबाट प्रोटिन निस्कियो : लालुलाई माल्दह आँप खान बन्देज

लालुको किडनीबाट प्रोटिन निस्कियो : लालुलाई माल्दह आँप खान बन्देज

जुलाइ ७ । चारो भ्रष्टाचारको चारवटा मामिलामा जेल सजाय भोगिरहेका राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवको किड्नीबाट प्रोटिन वाहिरिन थालेको समाचार भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् । 

राँचीको रिम्स अस्पतालमा उपचार गरिरहेका यादवका डाक्टर डि.के. झाका अनुसार उनको किड्नी पचास प्रतिशत काम नलाग्ने भएको छ । किडनीबाट प्रोटिन बाहिरिएको घटनाबाट परेसान डा. झाले यादवलाई दिनको चार–चार अण्डा खान सुझाव दिएका छन् ।

केही समय अगाडि माल्दह आँप खाएर उनको शरीरमा चिनीको मात्रा बढेको थियो । चिनीको मात्रा घटाउन उनलाई लगातार इन्सुलिनको डोज बढाइएको थियो । 

यतिखेर उनलाई माल्दह आँप खान निजी डाक्टरले बन्देज लगाएका छन् ।