यौन शोषणका दुराचारी अर्बपति समातिएपछि अमेरिकी मिडिया ट्रम्प वा क्लिन्टनको मित्र बताउन प्रतिस्पर्धा गर्दै
काठमाडौ । यौन शोषणका दुराचारी अमेरिकी अर्बपति जेफरी इप्स्टिन पक्राउ परेपछि त्यहाँको मिडिया वारमा गएको जस्तो देखिएको छ ।
एकले अर्बपति पूर्वराष्ट्रपति बिल क्लिन्टनका मित्र हुन भन्छन् भने अर्काले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र हुन् ।
यौन ओसार पसारको नयँ अभियोगमा उनलाई पक्राउ गरिएको हो । त्यसपछि अमेरिकी मिडियामा यस्तो देखिएको हो ।
कुख्यात अर्बपतिका राजनीतिकि समर्थक र विरोधीहरूको अवस्था बराबरको स्थिति‘टाइ’को बन्न पुगेको छ ।े
कम उमेरको केटीहरूसँगको दुरव्यवहार गरेको अभियोगमा १३ महिनाको खुला जेलमा रहेपछि यो शनिबार न्यूयोर्कले साँझ पक्राउ ग¥यो ।
६६ वर्षीय अर्बपति विरूद्धको आरोपहरू अदालतमा साबित भए उनलाई ४५ वर्षको जेल सजाय हुनेछ ।
१४ वर्षका दर्जनौ केटीसँगको यौन दुरव्यवहार गरेको तयार पारिएको अभियोग पत्रमा उल्लेख गरिएको देखिएको छ ।
यो अर्बपति अमेरिकामा धेरै सम्पर्क र पहुँच भएका मानिसको रूपमा चिनिएका छन् ।
अमेरिकी राष्ट्रपतिहरू, व्यवसायिक शाहहरू, हलिउडका स्टारहरू, त्यतिमात्र कहाँ हो र बेलायती राजघरानाका व्यक्तिहरूको मालिश गरेका रूपमा इप्स्टिनलाई चिनिन्छ ।
बामपन्थी झिुकाव राख्ने न्युजविकले इप्स्टिनलाई अमेरिकी राष्ट्रपति ट्रम्पका ‘पुराना मित्र’ भनि लेखेपछि र स्टोरीले ‘ ट्रम्पको मित्र’ उल्लेख गरे ।
यसैगरी दी इन्डिपेन्डेन्टले ट्रम्पका पूर्व मित्र भने भने हफिङटन पोस्टले सन् २००२मा ट्रम्पले इप्स्टिनलाई कोट गरेको विषयलाई उल्लेख गरेको छ ।
पीजे मिडियाले बिल क्लिन्टिनका मित्र भनेको छ । फक्स न्युजले पनि बिल क्लिन्टनको मित्र भनेको छभने गेटवे पण्डितले पनि बिल क्लिन्टनको मित्र भनेको छ ।
फक्स न्युजले क्लिन्टन इप्स्टिनको जेट लोलिता एक्सप्रेसबाट कम्तीमा २६ पटक यात्रा गरेको उल्लेख गरेको छ ।
प्रतिक्रिया