घर वरिपरि १० रूख रोपौं जीवन ७ वर्ष बढाऔं 

घर वरिपरि १० रूख रोपौं जीवन ७ वर्ष बढाऔं 

काठमाडौ । घर वरिपरि १० रूख रोप्नु भए तपाईको जीवन ७ वर्ष बढने भएको छ ।

रूख काटेर त्यसै पनि अनावृष्टि, अतिवृष्टि, भूस्खलन जस्ता समस्या मानिसले निम्त्याएकै हो ।

तर उसले आफ्नो आयु घटाएको एक अध्ययनले जनाएको छ ।

विन्कासिन विविले गरेको अध्ययनबाट यो खुलासा हुन पुगेको हो ।

जसका घरवरिपरि १० रूख रहेका छन् भने तिनको उमेर ७ वर्ष बढ्न सक्ने देखिएको छ ।

रूख वरिपरि बस्नेहरूमा तनाव र चिन्ताको मात्रा कम हुने गरेको पाइएको छ ।

क्यानाडाको जर्नल साइन्टिफिक रिपोर्टले  यस्तो जनाएको छ ।

विशेष गरी बढदो उमेरमा रूख वरिपरि भए निद्रा राम्रो आउने अध्ययनमा पाइएको छ ।

एक रूख भए यसले वर्षमा करिब २० किलो धुलो सोस्ने गर्छ ।

एक रूखले वर्षमा करिब ७०० किलोग्राम अक्सिन जसलाई प्राणवायु भनिन्छ त्यो बाहिर फाल्छ ।

वर्षमा करिब २० टन कार्बनडाइअक्साइड सोस्छ ।

गर्मीको मौसमा एक ठूलो रूख मुनिको औसत तापक्रम चार डिग्री कम हुने गर्छ ।

८० किलो पारो, लिथियम, लेड जस्ता विषालु धातुहरूको मिश्रणलाई सोस्ने गर्छ  ।

वर्षभरि एक रूखले १ लाख वर्ग मिटर वरिपरिको दुषित हवालाई शुद्ध गर्छ ।

यतिमात्रै होइन यसले स्वरध्वनिलाई सोस्न काम पनि गर्छ ।

पहिलो राम्रो रूख रोप्ने समय २० वर्ष अघि थियो दोस्रो अहिले रूख रोप्ने समय भएको चिनियाँ उखान यसैले गर्दा प्रचलित भएको होला ।