चिनियाँ विद्यार्थीहरू अमेरिकामा पढन जान छोडे 

चिनियाँ विद्यार्थीहरू अमेरिकामा पढन जान छोडे 

काठमाडौ । अमेरिका चीन बीचको व्यापार युद्ध चकिएयता चिनियाँ विद्यार्थीहरूले अध्ययनका लागि आफ्नो अमेरिका गन्तव्य फेरेको देखिएको छ ।

अमेरिकामा पढन जाने विद्यार्थीहरूमा चिनियाँ विद्यार्थीहरूको संख्या करिब एक तिहाइ हुने गरेको थियो । गएको एक दशकमा पहिलो पटक मार्चमा यो संख्यामा कमी आएको देखिएको छ ।

भिसा लगायतका विभिन्न कार्यमा ढिलाइका कारण आफ्ना छोरा छोरीलाई अन्त्य पठाउन थालेका कतिपय अभिभावकहरूले जनाएका छन् । अमेरिकाको ठाउँमा बेलायत , अस्ट्रेलिया र क्यानाडा चिनियाँ विद्यार्थीहरूको रोजाइ पर्न सक्ने देखिएको छ ।

जापान र दक्षिण कोरिया परम्परागतरूपमा चिनियाँ घरानियाँहरूको अध्ययन गन्तव्य रही आएको छ ।

 युरोपमा विशेषगरी जर्मन र स्क्यान्डिनाभियन देशहरू इन्जिनियरिङ पढने विद्यार्थीहरूको रोजाइ रहने गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्ध गरेपछि  विज्ञान र प्रविधिक्षेत्रमा पढन खोज्ने चिनियाँ विद्यार्थीहरूलाई भिसा दिन कटौती गरेका छन् ।

विज्ञान, प्रविधि, इन्जिनियरिङय र गणित क्षेत्रमा अमेरिकामा करिब ३लाख ६० हजार विद्यार्थीहरू पढिरहेका छन् ।

तर यो क्षेत्रमा चिनियाँ विद्यार्थीहरूको संख्यामा सन् २००९को आँकडा अनुसार २ प्रतिशतले कमी आएको छ ।