प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्छः जनार्दन शर्मा 

 प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्छः जनार्दन शर्मा 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्मा प्रभाकारले प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने बताएका छन । पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि त्यसमा नियुक्ति गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त धारणा राखेका छन् । 

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनुपर्ने तर्क गरे । संघीयतामा मुलुक गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने शर्माको भनाइ थियो ।