वर्षा नहुँदा पिपलको पातमा सुनकोशीमा राम राम सलल...

वर्षा नहुँदा पिपलको पातमा सुनकोशीमा राम राम सलल...

काभ्रे, २३ असार । असार महिनामा पानी नपर्दा कतैका किसानले वल्लो र पल्लो खोल्साका म्यागुता जाम्मा पारेर विवाह गरिदिने गर्छन् भने कतिले हर हर महादेव पानी देउ देउ... भन्दै देवी देवताका थानका टुँडालबाट पानी खन्याउने गर्छन् ।

असारको अन्तिम समयसम्म पनि पानी नपरेर हाहाकार भएपछि काभ्रेको तेमाल गाउँपालिका १, सस्र्युखर्कका किसानहरुले भने पानी माग्दै एक लाख वटा पीपलको पातमा राम राम... लेखेर सुनकोशी नदीमा बगाएका छन् ।
पानीको हाहाकार भएपछि उनीहरुले ‘हर हर महादेव पानी देउ देउ’ भन्दै सुनकोशी किनमरकम पुगेर एक लाखवटा पीपलको पातमा राम राम लेखेर सुनकोशी नदीमा बगाएका हुन् ।

उनीहरुले कोशी किनारामा पुगेर पीपलको पात बगाउँदै रुद्री पूजा र क्षमा पूजा पनि गरेका छन् । पानी नपरेर खेतबारी बाँझै राख्नु परेको र पिउने पानीसमेतको हाहाकार भएपछि पानी माग्दै रुद्री र क्षमा पूजा गरेको स्थानीय  विष्णुहरी बडालले बताए । 
वैशाख ३ गतेपछि अहिलेसम्म पानी नपरेका कारण खेतबारी बाँझै भएको स्थानीय किसानहरुले दुखेसो पोखेका छन् ।