विश्वको वित्तीय संकट झन गहिरिएको संकेत डच बैकको रोजगार कटौती

विश्वको वित्तीय संकट झन गहिरिएको संकेत डच बैकको रोजगार कटौती

काठमाडौ ।परम्परागतरूपमा डच बैंक जस्ता सन्तुलित प्रतिष्ठानहरू आफूलाई संकटका पाएको भन्नु विश्वको वित्तीय प्रणाली झन् ठूलो संकट तर्फ अगाडि बढिरहेको संकेत भएको विश्वका लगानीकर्ताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

विश्व बजारमा प्रतिष्ठित लगानीकर्ता जिम रोजर्सले डच बैंकले रोजगार कटौती  गर्न शुरू गरेको घटना पछि प्रक्रिया व्यक्त गर्दै यस्तो बताएका हुन् ।

जर्मनको बहुराष्ट्रिय लगानी बैंकको रूपमा रहेको डच बैंक विश्वका १५ ठूला बैंकहरू मध्ये एक हो । उसले वर्सेनी ८.३ अर्ब अमेरिकी डलर बराबरको लागत घटाउने गरी हजारौ रोजगार कटौती गर्न लागेको जनाएको हो ।

सन् ७४ हजार कर्मचारीहरू मध्येबाट सन् २०२२सम्म १८ हजार रोजगार कटौती गर्ने बैंकले बताएको हो ।

बैंकले विश्वव्यापी शेयर र व्यापार सञ्चालन कार्यलाई घटाउँदै लाने जनाएको छ ।

बैंकको यो घोषणाबाट उसको शेयरमा ४ प्रतिशतको गिरावट देखिएको हो ।

रोजर्सले भने “ वित्तीय प्रणालइी नै संकटमा छ र यसमा जे भइरहेको छ त्यसको यो एक संकेत हो ।यस्तो विगतमा सन् १९३०को दशक वा १९६०को दशक वा १९९०को दशका देखिएको समस्या जस्तो हो ।” 

विश्वका केन्द्रीय बैंकहरूले ब्याज दरलाई बढाइरहेका छन् र त्यसको मार हामीलाई भोग्नुपर्ने हुन्छ । 

सन् २००८मा लेम्यान ब्रदर्स र अर्को पुरानो बैंक ब्रिटिश नर्दर्न रक अनपेक्षित रूपमा ढलेको जस्तो बैंकहरूको अवस्था हुन सक्ने उनले चेतावनी दिए ।

डच बैंक ध्वस्त  हुन लागेको हो भने यो चकित पार्ने खालको विषय भएको र यसले विश्व बजारलाई अधोगति तर्फ डो-याउने उनले जनाए ।