चेतावनी बेवास्ता गर्दा विश्वविद्यालयका प्राध्यापक विरूद्ध यौन शोषणको मुद्दा दायर
काठमाडौ । पटक पटक चेतावनी दिँदा पनि बेवस्ता गरेका त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउने एक प्राध्यापक विरूद्ध यौन शोषणको मुद्दा दर्ता गरिएको छ ।
जगदशी मुक्र्ति कोइराला नाम गरेका अर्थशास्त्रका प्राध्यापकले एक महिला विद्यार्थीलाई विभागमा बोलाउने , अस्लिल सन्देश पठाउने र भिन्न ठाउँमा आउन भन्ने जस्तो क्रियाकलाप गरिरहेको र त्यो बानी छोडन नमानेपछि उनका विरूद्ध यौन शोषणको मुद्दा दायार गरिएको हो ।
आन्तरिक परीक्षामा विद्यार्थीलाई फेल गराउने नम्बर दिएपछि उनी विश्वविद्यालयको प्रशासन समक्ष उजुरी गरेकी थिइन् ।
आफ्नो कुरो नमानेपछि जाँचमा फेल गराइ दिने चेतावनी दिए अनुसार गरेको भन्दै २७ वर्षीया अविवाहित महिला विद्यार्थीले ऊजुरी गरेकी थिइन् ।
उनले पठाएको सन्देशको स्क्रिनसट गरी प्रमाणको रूपमा बुझाएकी छिन् ।४० नाघेका कोइरालाका एक वयस्क छोरा रहेको छ ।
विश्वविद्यालय प्रशासनका अधिकारीहरूका अनुसार बानी सुधार गर्न आग्रह गरेपनि उनले कहिल्यै टेरेनन् । प्राध्यापकका फोनकलहरूमा पनि उनले गलत र अशिष्ट व्यवहार गरेको सुन्न सकिन्छ ।
विश्वविद्यालयले आफ्नो शिक्षक विरूद्ध यायैन शोषणको मुद्दा दायर गरेको यो पहिलो पटक हो । विश्वविद्यालयले कीर्तिपुर महानगरीय प्रहरी वृतमा प्रिन्सिपलको कार्यालयले ऊजरी दायर गरेको हो ।
प्रतिक्रिया