हैन् हाम्रा सरकारको आँखामा कसले छारो हालेको हो ? 

 हैन् हाम्रा सरकारको आँखामा कसले छारो हालेको हो ? 

काठमाडौं । भारतीय दूतावासका पत्र देशभरि छ्यापछ्याप्टी भइरहँदा पनि प्रधानमन्त्री र मन्त्रीले त्यो पत्र हेर्न नपाएको खबरबाट जनताले भन्न थालेका छन् – हैन् हाम्रा सरकारको आँखामा कसले छारो हालेको हो ”

विषादीयुक्त तरकारी फलफूललगायतका खाद्य पदार्थको प्रवेशको रोक लगाउन सरकारले गरेको निर्णय विरूद्ध भारतीय दूतावासको तर्फबाट दबाब दिँदै पठइएको पत्रबारे आफूलाई थाहा नभएको प्रधानमन्त्री केपी शर्मा ओली र वाणिज्य आपूर्ति मन्त्री मात्रिका यादव दुबैले सार्वजनिक अभिव्यक्ति दिएपछि जनताले यस्तो भन्न थालेका हुन् ।

विषादीयुक्त तरकारी फलफुलको परीक्षण भारतीय दबाबका कारण फिर्ता नलिएका दाबी गरेका हुन् ।

सत्ताधारी नेकपाका सांसदहरूलाई सम्बोधन गरिरहँदा प्रधानमन्त्री ओलीले भारतीय दबाबका कारण निर्णय फिर्ता नलिएको बताएका थिए ।

दुई साता अघि क्याबिनेटले भारतबाट आउने तरकार र फलफुलको जाँच गरी मात्र सीमा प्रवेश गर्न दिने निर्णय गरेको थियो ।

यो निर्णय भएलगत्तै सीमा सयौं ट्रकहरू रोकिए । सीमामा पर्याप्त प्राविधिज्ञ र उपकरणको अभावमा तरकारी र फलफूलको परीक्षण काठमाडौ पठाइ जाँच गर्न थालेपछि सीमा प्रवेश गर्न ढिलाइ हुन गइ ट्रक रोकिन पुगेको थियो ।यस प्रति प्रतिक्रिया जनाउँदै भारतीय दूतावासले रोकिएका ट्रक निर्बाध पठाउन लेखिएको बेहोराको पत्र नेपाल सरकारलाई पठाएको थियो ।

२९ जुनका दिन भारतीय दूतावासले सरकारले विदेशमन्त्रालयलाई यस्तो पत्र पठाएको थियो ।

सोही पत्रको दबाब झेल्न नसकि वाणिज्यमन्त्री यादवले निर्णय फिर्ता लिन प्रस्ताव पारित गराइ दिएपछि उत्पन्न विवादको जवाफ दिने क्रममा प्रधानमन्त्री र वाणिज्यमन्त्री दुबैले आफूलाई पत्र बारे जानकारी नभएको बताएका हुन् ।

यादवले पत्रकार सम्मेलन गरी आफूलाई सचिवले ल्याएको पत्रका हस्ताक्षर गरेको तर विषादी जाँच गर्ने संरचना नै नभएको जानकारी आफूलाई नभएको जनाएका थिए ।

परीक्षण गर्न चाहिने संरचनाको अभावमा यो निर्णयबाट आफूले आफैमाथि नाकाबन्दी हुने भएको देखेर निर्णय फिर्ता लिएको जनाएका थिए ।

तर भारतीय दबाबमा फिर्ता लिएको भनाइ गलत भएको बताएका थिए ।