ट्रम्पले रोजेका व्यक्ति बेलायती प्रधानमन्त्री नभए अमेरिकासँगको सम्बन्ध बिग्रिने

ट्रम्पले रोजेका व्यक्ति बेलायती प्रधानमन्त्री नभए अमेरिकासँगको सम्बन्ध बिग्रिने

काठमाडौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित व्यवहार र बोलीले बेलायतसँगको सम्बन्ध बिग्रिदै जाने देखिएको छ ।

बेलायती  विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गरेका छन् । उनले बेलायत र बेलायती प्रधानमन्त्री मेप्रति दर्शाउनुपर्ने सम्मान नदेखाए ट्रम्पले “अनादर“ गरेको आरोप लगाएका छन् ।

इमेल चुहावट प्रकरणका विषयमा अमेरिकाका लागि बेलायती राजदूत सर किम डार्कलाई ट्रम्पले “एकदमै मूर्ख व्यक्ति“ भनेपछि हन्टको यस्तो प्रतिक्रिया सार्वजिनक भएको हो ।

ट्रम्प प्रशासन प्रभावकारी नरहेको भनेर टिप्पणीसहितका इमेलहरू चुहिएको थियो । त्यसपछि ट्रम्पले शृङ्खलाबद्ध ट्वीटमार्फत् ब्रिटिश राजदूतको आलोचना गरेका थिए।

ट्रम्पले युरोपेली संघबाट बेलायत हट्ने  औपचारिक प्रक्रिया ब्रेक्जिट सम्हाल्न प्रधानमन्त्री मेको तौरतरिकाको गलत भएको भनेर पनि आलोचना गरेका थिए।

आफ्ना सुझावलाई मेले बेवास्ता गरेको र “मूर्खतापूर्ण बाटो“ अवलम्बन गरेको ट्रम्पले  टिप्पणी गरेका थिए ।

ट्रम्पका पछिल्ला अभिव्यक्तिहरूप्रति आपत्ति जनाउँदै बेलायती विदेशमन्त्री हन्टले भने “हाम्रा साथी स्पष्टवत्ता अतः म पनि त्यसै गर्छुः ती टिप्पणीहरू हाम्रा प्रधानमन्त्री र मेरो देशप्रति अनादरपूर्ण छन्।”

आफू प्रधानमन्त्रीमा निर्वाचित भए अवकाश नपाएसम्म सर किमलाई राजदूतमा निरन्तरता दिने पनि कन्जरभेटिभ पार्टीको भनाइ उनले उल्ल्ेख गरे ।

यसअघि बेलायती प्रधानमन्त्री कार्यालयले सर किमप्रति “पूर्ण समर्थन“ रहेको जनाइसको छ ।

इमेल चुहावट प्रकरणपछि द्विपक्षीय सम्बन्धबारे मे र ट्रम्पबीच छलफल हुने कुनै योजना नरहेको पनि देखिएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालयको त्यस्तो भनाइ आएपछि राष्ट्रपति ट्रम्प झन् चिढिएका छन् ।  

सोमवार राजदूत सर किमलाई संकेत गर्दै ट्रम्पले “ती मान्छेको ठूलो प्रशंसक नभएको र उनले यूकेको पनि राम्ररी सेवा नगरेको“ भनी टिप्पणी गरेका थिए।

पर्यवेक्षकहरूका अनुसार ट्रम्पले रोजेको मान्छे बेलायतमा प्रधानमन्त्री नभए अमेरिका र बेलायतको सम्बन्ध राम्रो हुनेमा आंशका छ ।