डेढसय किलोमिटर पदयात्रा गरी गान्धी जयन्ती मनाउन मोदीको उर्दी

डेढसय किलोमिटर पदयात्रा गरी गान्धी जयन्ती मनाउन मोदीको उर्दी

काठमाडौ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका राष्ट्रपिता महात्मा गान्धीको डेढसयौं जयन्ती मनाउन डेढसय किलोमिटरको पद यात्रा गर्न उर्दी जारी गरेका छन् ।

मोदीले सत्ताधारी भाजपाका सांसदहरूलाई उनीहरूको आफ्नो लोकसभा निर्वाचन क्षेत्रको १५० किलोमिटरको पदयात्रा गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री मोदीले दिएको निर्देश अनुसार यो जिम्मेवारी लोकसभाका सांसदहरूले एक महिनाभित्र पूरा गर्नुपर्ने हुन्छ ।

अक्टोबर २का दिन गान्धी जयन्ती मनाइन्छ । अकटोबर २ दिनदेखि अक्टोबर ३१सम्म भाजपाका सांसदहरूले आ–आफ्नो लोकसभा निर्वाचनमा १५० किलोमिटर पदयात्रा गर्ने छन् ।

राज्यसभाका सांसदहरूलाई पनि एक एक लोकसभा निर्वाचन क्षेत्र बराबरको जिम्मेवारी दिइनेछ । यसक्रममा उनीहरूले गान्धी र उनको स्वतन्त्रता संघर्षका विषयमा कार्यक्रमको आयोजना गर्नेछन् ।

हरेक लोकसभा क्षेत्रबमा १५–२० टोली गठन गरिनेछ । हरेक दिन १५ किलोमिटरको पदयात्रा गरिन्छ ।

यस कार्यक्रम अन्तर्गत रूख रोप्ने अभियान पनि सञ्चालन गरिनेछ । यसलाई पार्टीको स्थानीय कमिटीले पनि सहयोग गर्नेछ ।

महात्मा गान्धीको पूरानाम मोहनदास कर्मचन्द गान्धी हो ।

उनको जन्म गुजरातमा भएको थियो । प्रधानमन्त्री बन्न अघि मोदी गुजरातका मुख्यमन्त्री थिए ।