कांग्रेसको भन्दा भाजपालाई १७ गुना बढी चन्दा

कांग्रेसको भन्दा भाजपालाई १७ गुना बढी चन्दा

काठमाडौ ।  भारतमा सत्ताधारी पार्टी भाजपालाई  २०१६ देखि २०१८सम्म विभिन्न करपोरेट र व्यावसायिक प्रतिष्ठनको तर्फबाट प्राप्त भएको चन्दासम्बन्धी एक अध्ययनका आधारमा कांग्रेसको भन्दा १७ गुना बढी चन्दा प्राप्त भएको छ ।

भाजपालाई ९ अबए १५ करोड ५९ लाख भारू चन्दा प्राप्त भएको हो । यो समयमा राजनीतिक पार्टीहरूलाई प्राप्त भएको चन्दाहरूमा सबैभन्दा बढी चन्दा हो । 

एसोसिएसन फर डेमोक्रेटिक रिमर्सको रिपोर्टमा यो जानकारी प्राप्त भएको हो । भाजपाले प्राप्त गरेको चन्दा कुल प्रतिशतको ९३ प्रतिशत हो ।

राजनीतिक पार्टीलाई २० हजार भन्दा चन्दा दिने व्यक्तिलाई यसको जानकारी निर्वाचन आयोगलाई दिनुपर्ने हुन्छ ।

निर्वाचन आयोगले चन्दादाताको विवरण संकलन गरी राख्ने गर्छ । सोही अवधिमा कांग्रेसलाई ५५ करोड ३६ लाख भारू चन्दा प्राप्त भयो ।