रूस, भारत र चीन इन्डो प्यासिफिकको हिस्सेदारीबारे छलफल गर्ने

रूस, भारत र चीन इन्डो प्यासिफिकको हिस्सेदारीबारे छलफल गर्ने

काठमाडौ । रूस ,भारत र चीनबीच हिन्द प्रशान्त क्षेत्र( इन्डो प्यासिफिक)मा विधिमा आधारित प्रणाली सुनिश्चित गर्ने विषयमा  छलफल  हुने भएको छ ।

जापान अमेरिका र भारतसहितको त्रिपक्षीय सम्बन्धमा रहेरपनि यस विषयमा रूस, भारत र चीनबीचको छलफल गराउन भारतले चाहेको देखिएको छ ।

इन्डो प्यासिफिक विषयमा यी तीन देशबीच छिट्टै छलफल हुनेछ ।

इन्डो प्यासिफिक क्षेत्र विश्वकै सर्वाधिक महत्वपूर्ण क्षेत्र भएकाले यहाँ शक्तिहरूबीचको प्रतिस्पर्धा र आंशका बढदैगएको देखेर यसविषयमा शक्ति राष्ट्रहरूबीच विश्वास बलियो पार्नुपर्ने आवश्यकता भारतले औंल्याएको भारतीय पक्षले जनाएको छ ।

यो विषयमा जानकार स्रोतका अनुसार यी तीन देशका बरिष्ठ पदाधिकारीहरूबीछ छिट्टै छलफल हुनेछ ।

इन्डो प्यासिफिक क्षेत्रमा यी तिनबटै देशहरूले हैसियत अनुसारको हिस्सेदारी लिने गरी छलफल गर्ने भएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीको भ्लादिभोस्टोकमा आयोजित पूर्वोत्तर आर्थिक मञ्चमा सहभागी भएका बेला इन्डो प्यासिफिक साझेदारीको विषयमा थप ऊर्जा प्राप्त हुने अपेक्षा गरिएको छ ।

आपसी अन्तर कम गर्न यो क्षेत्रको सूत्रीकरण गर्ने प्रयासमा यी तिनै देश लागि परेका छन् ।

भारतले यसलाई इन्डो प्यासिफिक नाम दिन जोड दिइरहेको छ तर रूस र चीन दुबैले  यसलाई एसिया प्यासिफिक नाम राख्ने भनिरहेका छन् ।

इन्डो प्यासिफिक निर्माण सन्दर्भमा रूस भारतसँग निकटतर सम्बन्ध बनाएर काम गरिरहेको छ ।

चीन इन्डो युएस पाटर्नशीप र अन्य मञ्चहरूको क्रियाकलापलाई निकट भएर निगरानी गरिरहेको छ ।