हरेक घरधुरीलाई बिजुली दिन ऋणसम्झौता गर्दै सरकार

हरेक घरधुरीलाई बिजुली दिन ऋणसम्झौता गर्दै सरकार

काठमाडौ । सरकारले देशभरका हरेक घरधुरीलाई तीन वर्षभित्र  बिजुली पु-याइसक्ने सम्झौता गर्न लागेको छ ।

देशमा १सय ४ वर्ष अघि बिजुली आएको भएपनि अझ करिब १० प्रतिशत घरधुरी बिजुलीको पहुँचबाट टाढा रहेको छ ।

हरेक घरधुरीलाई बिजुली पु¥याउन सरकारले विश्वबैंक,एसियाली विकास बैंक र एसियाली पूर्वाधार विकास बैंकसँग देशका हरेक प्रदेशका हरेक घरधुरीलाई बिजुली पु-याउन सम्झौता गर्न लागेको हो ।

नेपाल विद्युत प्राधिकारणले जनाए अनुसार गतमहिना प्रदेश ३का लागि विश्वबैंकसँग ऊर्जा उपयोगीता सम्झौत गयिरसकिएको छ ।

यो सम्झौता ४ करोड अमेरिकी डलर बराबरको छ । यसैगरी प्रदेश नम्बर २का लागि हुने सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

सरकारले एसियाली पुर्वाधार लगानी बैंकसँग १० करोड अमेरिकी डलर बराबरको सम्झौता प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका लागि सम्झौता गरिने योजना छ ।

सरकारले श्वेतपत्रमा ५ वर्ष भित्र ५ हजार मेगावाट र १० वर्ष भित्र १५ हजार मेगावाट बराबर बिजुली देशभित्रै उत्पादन हुने उल्लेख गरेको छ ।