भारतलाई तर्साउन अल कायदाको आह्वान

भारतलाई तर्साउन अल कायदाको आह्वान

काठमाडौ । अमेरिका विरूद्ध धर्मयुद्ध गरेर त्यहाँको जुम्ल्याहा गगनचुम्बी महल विमान ठोक्काएर ध्वस्त पार्ने अल कायदाका नेता अल जवाहिरीले भारतलाई तर्साउन काश्मिरमा केन्द्रित हुनुपर्ने आह्वान गरेका छन् ।

पाकिस्तानको एब्बेटाबादमा अमेरिकी सैनिक कारबाहीमा अल कायदाका संस्थापक प्रमुख  ओसामा बिन लादेनको मृत्यु भएपछि ओझेलमा परेको अल कायदाका नेता जवाहिरीले यस्तो भनेको एक प्रतिवेदन सार्वजनिक भएको हो ।

अमेरिकी संंस्थान त्यससम्बन्धी एक लेख बुधवार सार्वजनिक गरेको हो ।

यो प्रतिवेदन एक भिडियोमा आधारित  छ ।

त्यसलाई  आतंक फैलाउनु समूहको रूपमा चिनिएको अल–शबाबले जारी गरेको छ ।

यसमा अल–कायदाका नेता अल–जवाहिरीले  कश्मिरमा हिंसात्मक गतिविधि सञ्चालन गर्न माग गरेको देखिएको छ ।

जवाहिरीले गरेको दाबी अनुसार भारतीय सेना र सरकारलाई हैरान बनाउन पाकिस्तानले सहयोग गर्ने जनाइएको छ ।

फाउन्डेशन फर डिफेन्स अफ डेमोक्रेसिज नामक अमेरिकी संस्थाले यो प्रतिवेदन सार्वजनिक गरेका हो ।