डीआईजीले प्रदेश प्रहरी हाँक्नेमा सहमति बन्दै 

डीआईजीले प्रदेश प्रहरी हाँक्नेमा सहमति बन्दै 

काठमाडौ । प्रदेशको प्रहरी प्रधान कार्यालयको नेतृत्व डीआईजीलाई दिन सकिने गरी नयाँ कानुनको निर्माण भइरहेको छ ।

। संसदको राज्य तथा सुशासन समितिमा प्रदेशको प्रहरी प्रमुख डीआईजीले गर्न सक्ने विषयमा करिब करिब सहमति बनेको देखिएको छ । 

प्रहरी अधिकारीहरूको समायोजन गर्न बनेको प्रहरी जवान समायोजन विधेयकका कतिपय विषयमा अझ सहमति हुन बाँकी रहेको समितिकी अध्यक्ष शशि श्रेष्ठले जनाएकी छिन् ।

तर डीआईजीले प्रदेश हाँक्न सक्ने विषयमा समितिमा करिब करिब सहमति भएको जस्तो रहेको सदस्यहरूको भनाइ रहेको छ ।

कतिपयले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउन हुने सुझाव सारेका छन् ।

तर अधिकांशले डीआईजीलाई प्रहरी प्रमुख बनाउन हुनेमा सहमति जनाएको देखिएको छ ।

करिब ५५ हजार प्रहरीलाई सात प्रदेशमा समायोजना गर्नुपर्ने छ । संघीय प्रहरी बलमा २० हजार जवान रहनेछन् ।

विधेयकमा प्रदेशका प्रहरीहरूलाई संघीय प्रहरी बलमा सरूवा गर्न सकिने प्रावधान पनि राखिएको छ ।

प्रदेश प्रहरी प्रमुखको सरूवा गर्ने अधिकार संघीय सरकारको हुने प्रावधान पनि राखिएको छ।