इन्टरनेट सेवा प्रदायकले साउन १ देखि सयमा १३ रूपैयाँ सेवा शुल्क बढाउने

इन्टरनेट सेवा प्रदायकले साउन १ देखि सयमा १३ रूपैयाँ सेवा शुल्क बढाउने

काठमाडौ ।इन्टरनेट सेवा प्रदायकहरूले साउन १ देखि सयमा १३ रूपैया सेवा शुल्क बढाउने जनाएका छन् ।

यसबाट इमेल, जीमेल, फेसबुक, ट्विटर, इन्स्टाग्राम, गुगल,जस्ता इन्टरनेट सुविधाका लागि खर्च गरी आएको हरेक १००रूपैयामा साउन १ देखि १३रूपैया बढी तिर्नुपर्ने भएको हो ।

सरकारले यसअघिको सहमति पूरा नगरेकाले आफूहरूलाई मूल्य बढाउनुपर्ने भएको इन्टरनेट सेवा प्रदायक संघका पदाधिकारीहरूले जनाएका छन् ।

गत वर्ष सरकारले इन्टरनेट महशुलमा १३ प्रशित कर थप्ने निर्णय गरेकाले इन्टरनेट सेवा प्रदायकहरूलाई यो थप्नु परेको जनाएको छ ।

यसको साटो सरकारले उनीहरूलाई  इन्टरनेट तार, राउटर र लाइन डेटा कनेक्टीभिटी र मर्मत लागतमा ६.५ प्रतिशत अनुदान दिने निर्णय पूरा नगरेकाले यो बृद्ध गर्नुपरेको उनीहरूले जनाएका छन् ।

सरकारी पदाधिकारीहरूले महशुल बढाउन नहुने विषयमा छलफल भइरहेको जनाएका छन् ।