बाढीबाट जोगिन तयारी गर्न सरकारी आह्वान
काठमाडौ । बाढीबाट जोगिन र अरूलाई जोगाउन आवश्यक तयारी मिलाउन सरकारले सबैमा आह्वान गरेको छ ।
बिहीबार र शुक्रबार तराइका भूभागबाट बग्ने नदीहरूमा बाढी आउने सम्भावना बढेको जनाउँदै सरकारले यस्तो आह्वान गरेको हो ।
प्राप्त अध्ययन अनुसार प्रदेश नम्बर १,२ र ३का जिल्लाहरूबाट बग्ने साना तथा मझौला नदीहरूमा बाढीको जोखिम उच्च रहेको छ ।
यसैगरी गण्डकी, प्रदेश, प्रदश ५ तथा सुदुरपश्चिमका तराईको भूभागबाट बग्ने नदीहरूमा बढीको सम्भावना रहेको जनाइएको छ ।
यसका लागि सतर्कता अपनाउन , आफू जोगिन र अरूलाई जोगाउनसम्मको तयारी गर्न सरकारले सबैलाई आह्वान गरेको हो ।
सरकारद्वारा बुधबार आह्वानमा भनिएको छ“ असार २५, आज प्रदेश १ ,२ र ३ को प्राय जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना छ, भोली र पर्सी प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च संभावना, पूर्वतयारी र प्रतिकार्यमा जुटौ ।”
प्रतिक्रिया