सबैभन्दा बढी आम्दानी गर्ने सय सेलिब्रेटीहरूमा एक्ला भारतीय अक्षय कुमार

सबैभन्दा बढी आम्दानी गर्ने सय सेलिब्रेटीहरूमा एक्ला भारतीय अक्षय कुमार

काठमाडौ । विश्वका विभिन्न सेलिब्रेटीहरू मध्ये सबैभन्दा बढी कमाइ गर्नेहरू १०० जनामा  भारतका एक मात्र चलचित्र क्षेत्रका अभिनेता अक्षय कुमारले स्थान पाएका छन् ।

यो सूचीनमा अक्षयकुमारको स्थान ३३औं रहेको फोब्र्सले जनाएको छ । उनको कमाइ ६ करोड ५० लाख  अमेरिकी डलर रहेको छ ।

 गत वर्ष उनले एक फिल्मका लागि ३४ करोड देखि ६८ करोड सम्म पारिश्रमिक लिएका थिए ।

सन् २०१८को सूचीमा अक्षयको स्थान ७६औं रहेको थियो ।

शाहरूख खान निरन्तर दुई साल यो सूचीबाट बाहिरिएका छन् ।

सलमान खान पनि यो वर्ष यो सूचीमा अटाउन सकेका छैनन् ।

यो सूचीको सबैभन्दा शीर्षस्थानमा अमेरिकी गायिका टेलर स्विफ्ट छिन् ।

उनको कमाइ १८.५ करोड अमेरिकी डलर बराबरको रहेको छ ।