आफूलाई गुमराहमा पार्नेहरूको प्रधानमन्त्री ओलीद्वारा खुलासा

आफूलाई गुमराहमा पार्नेहरूको प्रधानमन्त्री ओलीद्वारा खुलासा

काठमाडौ । भारतीय दूतावासबाट पठाइएको विषादीसम्बन्धी पत्रका बारेमा दिएको अभिव्यक्ति झूठो साबित भएपछि दुखी प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गुमराहमा पार्नेहरूको खुलासा गरेका छन् ।

प्रधानमन्त्रीय प्रणाली अन्तर्गतका शक्तिशाली प्रधानमन्त्रीको रूपमा रहेका ओलीलाई भइरहेका गतिविधिबारे जानकारी नगराउँदा आफूबाट झूठो बोलेको ठहरिन गएकोमा दुःख समेत व्यक्त गरेका हुन् ।

आफ्नै मन्त्रीहरू र सचिवहरूले अँध्यारोमा राखेको र यो सर्वाधिक शक्तिशाली सरकारको प्रधानमन्त्री ओलीसँग हुन पुगको हो ।

भारतनीय दूतवासबाट तरकारी फलफूलको विषादी जाँच परीक्षणको प्रयोगशाला सीमामा उपलब्ध नभएको र व्यवस्था नभएसम्म सीमामा रोकिएका गाडीलाई उत्पत्तिको प्रमाणको आधारमा जान दिनेसहितको पत्र परराष्ट्र मन्त्रालयमा पठाइएको थियो ।

त्यसको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली, उद्योग तथा वाणिज्यमन्त्री मात्रिकाप्रसाद यादव र कृषि मन्त्री चक्रपाणि खनाललाई थाहा भएको तर आफूलाई जानकारी नदिएको खुलासा प्रधानमन्त्री ओलीले गरेका छन् ।

भारतीय दूतावासको पत्र नआएको भनी दिएको अभिव्यक्ति झूठो हुन पुगेको स्पस्टीकरण उनले दिए ।

सरकारी टेलिभिजन नेपाल टेलिभिजनको एक अन्तर्वार्तामा प्रधानमन्त्रीले यस्तो खुलासा गरेका हुन् । 

त्यसैगरी गत महिना सिचाइ सचिव गजेन्द्र ठाकुरले पनि मेलम्ची खानेपानी परियोजना पूरा हुने मितिको बारेमा झूठो बोलेको प्रसङ पनि प्रधानमन्त्रीले खुलाए ।

यसैगरी चीनको सम्बन्धमा पनि आफूलाई झूठो विवरण दिएको उनले उल्लेख गरे । चीनको घरेलु उत्पादनले आपूर्ति गर्न सक्षम रहेको जानकारी दिइयो ।

आफूले चीनी आयातमा रोक लगाउन लगाए पछि त चीनको अभाव भइ भाउ नै बढन गएको देखिएको प्रसङ पनि उनले झिके ।

प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिन नसक्ने भएपनि प्रधानमन्त्रीबाट यस किसिमको अभिव्यक्ति आउन गम्भीर भएकोमा आमरूपमा चासो बढेको छ ।

ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर यो पटकको प्रधानमन्त्रीत्व सम्हालेका हुन् ।

जनतालाई त्यस अनुसारको सेवा सुविध र अवसर उपलब्ध गराउनुपर्ने उनको  सरकारको जिम्मेवारी हो ।

तर यस्तोमा उनको नाराको प्रत्याभूति हुनेमा आम जनताको शंका बढन गएको छ ।

वाणिज्यमन्त्री मात्रिका प्रसाद यादवले पनि आफूलाई सरकारका सचिवहरूले झुक्याएको जानकारी सार्वजिनक गरेका थिए ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आगामी दिनमा यस किसिमको गलती  हुन नदिन सजग रहने जनाएका छन् ।

बलियो सरकारबाट जनताका अपेक्षाहरू ठोसरूपमा पूरा हुनुपर्नेमा त्यसो हुन नसक्दा असन्तुष्टि बढिरहेको विषयलाई सरकारले समयमा बुझ्नुपर्ने आम जनताको भनाइ रहेको छ ।