वातावरण बचाउनका लागि तुलसी बितरण

वातावरण बचाउनका लागि तुलसी बितरण

काठमाडौं, २७ असार । ‘वातावरण बचाउँ, पृथ्वी जोगाउँ’ भन्ने आग्रह सहित शुक्रबार पुडासैनी मैत्री समाज र वाग्मती सुन्दरता सरोकार मन्चको संयुक्त प्रयासमा गौशालास्थित पशुपतीनाथ परिषरबाट तीन हजार तुलसीका बिरुवा बितरण गरिएको छ ।

हिन्दु पात्रो अनुशार हरिशयनी एकादशीका दिन तुलसीका बिरुवा रोप्ने धार्मिक मान्यता रहेको सन्दर्भमा वाग्मती सफाई अभियानको उपलब्धिका रुपमा वाग्मती किनारमा तुलसीका बिरुवा हुर्काउँदै हरेक बर्ष हरिशयनी एकादशीका दिनमा तुलसीका बिरुवा बितरण गरिंदै आएको छ । 

बनस्पती बिज्ञानले तुलसीका अनेक गुणको ब्याख्या गरेको र शास्त्रमा यस्को धार्मिक महत्वका बारेमा पनि उत्तिकै बर्णन गरिएको सन्दर्भमा बिबिध प्रकारका रोगबाट मुक्तिका लागि समेत तुलसीको प्रयोग गर्ने गरिन्छ । अत्यधिक अक्सिजन उत्सर्जन गर्ने भएकैले पनि हिन्दु परम्परा अनुशार मृत्यु शैयाको अन्तिम क्षणमा तुलसीको मोठमा सार्ने र तुलसी पानी खुवाउने परम्परा समेत छ । हाम्रा शास्त्रिय मान्यता र बिज्ञानबीचको अन्तर सम्बन्धलाई नजरअन्दाज गर्ने हो भने पनि तुलसी बहुगुणी बनस्पती रहेको तथ्य प्रमाणीत हुन्छ । यसै सन्दर्भलाई मनन गर्दै घर घरमा तुलसीका बिरुवा उपलब्ध गराउने क्रममा निशुल्क तुलसी बितरण गरिएको हो । 

बितेका ४ बर्षमा नदी किनारमा लाखौं तुलसीका बिरुवा रोपिएका छन् भने सोही अवधिमा १ लाखभन्दा धेरै तुलसीका बिरुवा निःशुल्क बितरण समेत गरिएको छ । बिभिन्न स्कूल कलेज तथा सार्वजनिक स्थल लगायत शहीद गंगालाल मुटु अस्पतालमा समेत निःशुल्क रुपमा तुलसी रोप्ने कार्य बितेका दिनमा सम्पन्न गरिएको छ । गोकर्णेश्वर नगरपालिका स्थित वाग्मती स्तम्भ बाटिकाबाट बर्षभरिनै आबश्यक संख्यामा तुलसीका बिरुवा निःशुल्क बितरण गर्ने ब्यवस्था समेत मिलाईएको छ ।