काठमाडौंमा यती एयरलायन्सको विमान दुर्घटनाबाट जोगियो, सबै उडान अवरुद्ध

काठमाडौंमा यती एयरलायन्सको विमान दुर्घटनाबाट जोगियो, सबै उडान अवरुद्ध

काठमाडौ २७ असार । यती एयरलाइन्सको विमान सम्भावित दुर्घटनबाट जोगिएको छ । शुक्रबार अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा एटीआर–७२ बिमान चिप्लिएको हो । 

नेपालगञ्जबाट आएको बिमानमा सबार यात्रु सकुसल रहेको विमानस्थल श्रोतले जनाएको छ । 

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले बिमानस्थलबाट आन्तरिक तथा बाह्य उडान अवरुद्ध भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।