भारतीय दूतावासको मिडिया कूटनीति !

भारतीय दूतावासको मिडिया कूटनीति !

 

शंकर तिमल्सिना

साँघुन्युज डट कमले  भारतीय राजदूतबाट नेपाली पत्रकारहरुलाई रंगिन रात्रिभोज शीर्षकमा दिएको समाचारले धेरै ठूलो चर्चा पाएको छ । 

साँघुन्युजले समाचार विश्लेषण गर्दै लेखेको छ, ‘आजभोलि नेपाल–भारत सम्बन्धमा फेरि असहज अवस्था उत्पन्न भएको महसुस  हुन थालेको  छ । आइफा अवार्ड, भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी प्रयोगशालामा जाँच  जस्ता वर्तमानमा उत्पन्न घटना र विवादका कारण छिमेकी मित्र राष्ट्र भारत र नेपालका जनता, सरकारबीच फेरि मन फाट्ने अवस्था देखा परेको छ ।’

भारत निकट वरिस्ठ र कनिस्ठ नेपाली पत्रकारहरुलाई रंगीन रात्रिभोज दिएको भन्दै साँघुमा लेखिएको छ, ‘सरकार र जनस्तरमा नेपाल भारतबीचको सम्बन्धमै असहज अवस्था उत्पन्न भएको यस घडीमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले भारत निकट मानिएका, भनिएका नेपालका  दैनिक, साप्ताहिक पत्रपत्रिका, टेलिभिजन, अनलाइन, लगभग दुई दर्जन वरिष्ठ, कनिष्ठ पत्रकारहरुलाई रंगिन रात्रिभोजसहित भेटघाट गरेको खबर केएमजीमा कार्यरत पत्रकार स्रोतले बतायो।  स्रोतका अनुसार, भारतीय राजदूत निवास 'इण्डिया हाउस' मा आयोजित रंगिन रात्रिभोज र छलफल कार्यक्रम  २०७६ असार २५ गते  साँझ ७ बजेबाट  सुरु भएको थियो ।’ 


समाचारमा अगाडि लेखिएको छ, ‘भारतीय राजदूत निवास इण्डिया हाउसमा दिइएको रंगिन रात्रिभोजमा नेपाली संचार माध्यमका सम्पादक तथा पत्रकारहरुमा युवराज घिमिरे, नारायण वाग्ले, अनुप काफ्ले (केएमजी), देवप्रकाश त्रिपाठी, डा. राजेश अहिराज, हरिवहादुर थापा, प्रकाश रिमाल, शुभशंकर कँडेल, गुणराज लुईटेल, कृष्ण ज्वाला देवकोटा, प्रशान्त अर्याल, श्याम  कँडेल(कार्यकारी निर्देशक एचटीभी), ऋषि धमला, मदन लम्साल, निर्मल गुरुङ्ग(सगरमाथा टीभीका मालिक), प्रमोद सेंढाई(खबर हव) र  कुबेर चालिसे, सम्पादक कारोबार राष्ट्रिय आर्थिक दैनिक, ज्ञानेश्वर आचार्य( जनरल मेनेजर, बाह्रखरी अनलाइन)लगायतको उपस्थिति रहेको स्रोतले बताएको छ ।'     

 

साँघुन्युजले यो समाचार दिएपछि सामाजिक सञ्जालमा तीब्र प्रतिक्रिया आएको छ । सकारात्मकभन्दा पनि नकारात्मक टिप्पणीको बाढी नै आएको छ ।


सामाजिक सञ्जालमा ओली सरकारविरुद्ध सुनियोजित रुपमा अभियान चलाइरहेका पत्रकारलाई बोलाएर दूतावासमा रात्रिभोज दिइनुलाई संयोग मात्र हो कि सरकारविरुद्धको अभियान हो भन्दै धेरैको प्रतिक्रिया आएको छ । 


भारतले नेपालमा सैन्य, आर्थिक र राजनीतिकलगायतका विषयमा कूटनीतिक र प्रत्यक्ष हस्तक्षेप गर्दै आएको आरोप लाग्ने गरेको छ । यस्तो अवस्थामा यसलाई कतिपयले भारतीय दूतावासले आयोजना गरेको सो जमघटलाई मिडिया कूटनीतिको रुपमा समेत सामाजिक सञ्जालमा अथ्र्याइएको छ ।



साँघुन्युजले भने जस्तै भोजमा जाने पत्रकारहरु भारत निकट हुन कि होइनन् त्यो त भविस्यमा खुलासा हुँदै जाला तर उनीहरुमध्ये कतिपय ओली सरकारका विरुद्ध अहिले योजनाबद्ध रुपमा लागेका भने छन् । जसलाई बोलाइयो तिनलाई किन र के क्राइटेरिया बनाएर बोलाइयो भन्ने कुराले पनि धेरै नै आशंका जन्माएको छ ।