नेपालमा भारतले गतिविधि बढाउनु पर्छ : अशोक मेहता

 नेपालमा भारतले गतिविधि बढाउनु पर्छ : अशोक मेहता

नेपालमा भारतीय प्राथमिकताको निषेधप्रति एक भारतीय रक्षाविदले चिन्ता व्यक्त गरेका छन् ।

भारतीय सेनाका सेवा निवृत सैनिक विषयका समीक्षक मेजर जनरल अशोक मेहताले अलि नेपालमा दुई खतराहरू रहेको देखिएको छ । पहिलो माओवादीहरूको टुक्राको रूपमा रहेको विप्लव समूहको दुःखदायी गतिविधि बढ्नेछ । अर्को नेपालको तराईका असन्तुष्ट मधेशी समूहरूको गतिविधि बढ्ने देखिएको छ ।

मेहताले एक पत्रिकामा विश्लेषण गरेका छन्, अधिकांश पहाडका नेपालीहरूले भारतले मधेशीहरूलाई राजनीतिक र आर्थिक विन्दुहरूमा दबाब दिन लगाउने गरेको सोचाइ राख्ने गरेको छ । भारतको गंगाको मैदानमा चीनका तर्फबाट रणनीतिक खतरा उत्पन्न हुँदा यो सर्वाधिक खतरनाक अवस्था हुन्छ । जसरी भारतको दक्षिण कमाण्डले श्रीलंका र माल्दिभ्सलाई निगरानी गरिरहेको छ त्यसैगरी नेपाललाई केन्द्रीय कमान्डले निगरानी राख्नुपर्ने आवश्यकता रहेको छ ।

मेहताले दलाई लामाको जन्मोत्सवलाई अनुमति दिन रोक लगाइ दिएको अवस्थामा भारतले चिनियाँ चुनौतीका लागि गतिविधि बढाउनुपर्ने देखिएको औल्याएका छन् ।

चिनियाँ प्रभावलाई कम गर्न वा नेपालमा चीन र पाकिस्तानको गठबन्धनको प्रभावलाई अनदेखा गर्न नहुने उनले बताएका छन् ।  भारतका प्रधानमन्त्री चिनियाँ राष्ट्रपति सी जिनपिनसँग उहानमा गरेको भेटको मर्मबाट नेपालको विषय उम्किएको देखिएको उनको भनाइ रहेको छ ।
२०७६ साल असार २७ गते