घातक मनसुनी वर्षाले काठमाडौंको सडकमा नै बाढी

घातक मनसुनी वर्षाले काठमाडौंको सडकमा नै बाढी

२८ असार, काठमाडौं । बाढी र पहिरोबाट नेपालभरिमा कमसेकम १७ जना जतिको ज्यान गएको छ । सात जना घाइते र सात जना जति वेपत्ता भएको प्रहरीले जनाएको छ ।

नेपालका पूर्वी र दक्षिणी क्षेत्रमा विहीवारदेखि भारी वर्षा भएर ठूलो धनजनको क्षति भएको छ । 

काठमाडौंमै एक घर ढलेर तीन जनाको मृत्यु भयो । २४ घण्टामा ११५ मिलिमिटर वर्षाका कारण क्षति भएको बताइएको छ । 

गृहमन्त्रालय उद्धारका लागि तदारुकताका साथ लागेको गृहमन्त्रालयका अधिकारीहरुले बताएका छन् । 

गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को अध्यक्षतामा आज बसेकाु वैठकले राहत र उद्धारको कार्यलाई तीब्रता दिने निर्णय गरेको छ । 

पढौं : बाढी-पहिरोको विपद : राहत र उद्धारलाई थप प्रभावकारी बनाउने निर्णय

काठमाडौं शहरबाट केही छेउमा रहेको मूलपानीमा भारी वर्षाका कारण एक घर भत्क्यो । स्थानीय कुन्दनकुमारका अनुसार ‘पर्खाल अचानक भत्क्यो, हामीलाई लाग्यो भूकम्प आयो, हामी वाहिर आउँदा त घर भत्किसकेको थियो । 

एक परिवारका २० जना सुतेको त्यस घरमा तीन जनाको मृत्यु भएको थियो ।     

थप वर्षाको सम्भावना

मौसम विभागले अझै भारी वर्षाको सम्भावना छ । जनतालाई सतर्क हुनका लागि प्रधानमन्त्री, गृहमन्त्रीले समेत सन्देश दिइरहेका छन् । 

छिमेकी देश भारतको पश्चिमोत्तर राज्य असममा छ र अरुणाञ्चलमा पाँच जना गरी मृत्यु हुनेको संख्यासँगै ११ जना पुगेको छ ।  

वर्षेनी वर्षाको मौसमले हताहतीको जोखिम ल्याउँछ । गत वर्ष वर्षाको मौसममा एक सय ५० को मृत्यु भएको थियो । सामान्यतः असारबाट सुरु भएर भदौसम्म यो खतरा रहन्छ ।