अमेरिकामा बिजुली जाँदा लिफ्टमा रोकिए यात्रु 

अमेरिकामा बिजुली जाँदा लिफ्टमा रोकिए यात्रु 

काठमाडौ । अमेरिकाको म्यानहटनमा बिजुली अचानक गएपछि त्यहाँको ठूलो हिस्सा अँध्यारोमा बस्न बाध्य भयो ।

ट्राफिक बत्ती, भूमिगत बाटो, व्यापारिक र पर्यटक स्थलहरूमा भएका मानिसहरूले अँध्यारोमा समस्या भयो । 

४२हजार भन्दा घरधुरी र व्यवसायिक प्रतिष्ठान भएको न्यूयोर्कको क्षेत्रमा अँध्यारो भयो ।फिफ्थ अभेन्यु देखि हडसन रिभर र वेस्ट फोर्टीज देखि सेभेन्टीटू स्ट्रीटमा  बत्ती नभएकाले त्यसक्षेत्रका मानिसलाई अँध्यारोमा बस्न परेको हो ।

अचानक बत्ती जाँदा मानिसहरू लिफ्टमा फसेका थिए ।

बत्ती किन गएको हो त्यसबारे अझ थाहा हुन बाँकी रहेको भएपनि प्रारम्भिक अनुमान अनुसार ट्रान्सफर्मर पडकेर अँध्यारो भएको जनाइएको छ । केही प्रत्यक्षदर्शीले ठूलो आवाज सुन्नासाथ बत्ती गएको बताएका छन् ।