बाल कानुनमा परिवर्तनको आवश्यकता

बाल कानुनमा परिवर्तनको आवश्यकता

काठमाडौ ।बालअधिकारवादीहरूले बाल कानुनमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

विद्यमान कानुनले अन्तर्राष्ट्रिय व्यवहारसँग मेलखाँदो नभएकाले यसमा सुधारको आवश्यकता रहेको उनीहरूले बताएका छन् ।

बालबालिका ऐन २०७५मा कसुरजन्य अपराध गरेका बालबालिकालाई जेल पठाउने प्रावधानमा संशोधन हुनुपर्ने आवश्यकता अधिकारकर्मीहरूको भनाइ रहेको छ ।

यो कानुनमा व्यवस्था भएअनुसार १० देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई  ६ महिनासम्मका लागि जेल पठाउन सकिने छ ।

प्रहरीले यसरी जेल पठाउँछ वयस्क अपराधीहरूको बीचमा पठाउँदा उसको बाल मनोविज्ञानलाई ध्यान नदिएको ठहर्छ ।

बालबालिकाहरूलाई जेलमा पठाउनुको साटो सुधार गृहमा पठाउनु बेस हुने उनीहरूको भनाइ छ ।

 तर बालबालिकालाई सुधार गृहमा पठाउने स्पस्ट प्रावधानको अभावमा प्रहरीले बालबालिकालाई जेलमा पठाउँदा उनीहरूको न्यायमा खलल पुग्ने देखिएको छ ।