चिनियाँ राष्ट्रपति सी मोदीलाई भेट्न बनारस जाने
काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिनपिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक भेटवार्ता भारतको बनारसमा अक्टोबर १२का दिने गर्ने भएका छन् ।
गएको महिना किर्गीस्तानको बिशकेकमा दुबै नेताबीच भएका भेटपछि अक्टोबरमा अनौपचारिक भेट हुन लागेको हो ।
यसअघि सी र मोदीले अनौपचारिकरूपमा उहानमा भेटवार्ता गरेका थिए ।
बनारस भेटभाटको विषयमा अझ कतिपय विषय तय हुन बाँकी रहेको छ ।
अर्को महिना भारतका विदेशमन्त्री एस जयशंकर चीनको भ्रमणमा जाने अपेक्षा गरिएको छ ।
भारतको रेल तथा वाणिज्यमन्त्री पियुष गोयल पनि चीनको भ्रमणमा जाने भएका छन् । गोयलले चीनसँगको व्यापार घाटा कम गराउने विषयमा छलफल गर्न जाने भएका हुन् ।
प्रतिक्रिया