बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो 

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो 

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ। बाढी पहिरोमा परी ३६ पुरुष र २४ जना महिलाको मृत्यु भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५–५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर ४, सिन्धुलिमा ४, खोटाङ र काभ्रे ३–३ जना, उदयपुर, धादिङ, झापा, बारा, पर्सा, मोहत्तरी धनुषा र डोल्पामा २–२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जनाको मृत्यु भएको हो।