यो वर्षको क्रिकेट विश्वकप किन भयो ऐतिहासिक ?

यो वर्षको क्रिकेट विश्वकप किन भयो ऐतिहासिक ?

काठमाडौ । क्रिकेटका लागि मक्का मदिना मानिएको इंग्ल्यान्डको लर्डस मैदानमा आइतबार खेलिएको विश्वकप २०१९को फाइनलमा इंग्ल्यान्डले ऐतिहासिक जित हात पारेको छ ।

यो वर्षको विश्वकपको निर्धारित ५० ओभरको खेलमा दुबै टोलीले बराबरी रन बनाए ।

दुबै टीमबीच टाई भएपछि खेल सुपर ओभरको प्रतिस्पर्धामा पुग्यो ।

सुपर ओभरमा पनि दुबै टोली बराबरीमा अडिन पुगे ।

अनि खेलिएको खेलबाट निश्चित ओभरमा कसले कति घेरा पार (बाउन्ड्री ) लगाए त्यसको आधारमा विजेता घोषित गर्ने निर्णय गरियो ।

त्यस आधारमा इंग्ल्यान्डले बढी बाउन्ड्री लगाएकाले विजिता घोषित गरियो ।

यो वर्षको फाइनल खेलमा दुबै टोली अहिलेसम्म विजेता नबनेका टोली थिए ।

श्रीलंकाले १९९६मा विश्वकप जितेको २३ वर्षपछि विश्वकप जित्ने नयाँ टोली इंग्ल्यान्ड बनेको हो ।

यो अवधिमा विश्वकप पूर्वविजेताहरूकै पोल्टामा पर्ने गरेको थियो ।

न्युजील्यान्ड खेलको पहिलो सत्रमा २४१ रन बनायो । दोस्रो सत्रमा ब्याटिङग गर्न आएको इंग्ल्यान्डले पनि २४१ रन बनाएर अल आउट हुन पुग्यो ।

त्यसपछि सुपर ओभरको खेलमा इंग्ल्यान्ड १५ रन बनायो ।

न्यूजील्यान्डले एक रन बढी बनाउन नसकेर १५ रन मात्र बनाउन सक्यो ।

त्यसपछि खेलमा बाउन्ड्री लगाएको आधारमा निर्णय गर्ने सहमति अनुसार इंग्ल्यान्डलाई विजेता घोषित गरियो ।

इंग्ल्यान्डले २६ बाउन्ड्री लगाएको थियो भने न्यूजील्यान्डले १७ बाउन्ड्री लगाएको थियो ।

विश्वकप जित्ने इंग्ल्यान्ड छैठौं  देश बन्न पुगेको हो ।

यसअघि वेस्टइन्डिज, भारत, अस्ट्रेलिया, पाकिस्तान र श्रीलंकाले यो कप जितिसककेका छन् ।