दलाई लामाको उत्तराधिकारी छनौटमा भारतले हस्तक्षेप गर्न नहुने तिब्बती अधिकारीहरूको भनाइ
काठमाडौ । तिब्बती धर्मगुरू दलाई लामाको उत्तराधिकारी छनौट विषयमा भारतले हस्तक्षेप गर्न नहुने तिब्बती अधिकारीहरूले जनाएका छन् ।
भारतले तिब्बती छनौट प्रक्रियामा हस्तक्षेप गर्न खोजेमा यसले दुई देशबीचको सम्बन्धमा खलल पुग्ने उनीहरूको भनाइ रहेको छ ।
तिब्बतका अधिकारी वाङशेङले दलाई लामाको अवतार खोज्ने काम ऐतिहासिक, धार्मिक एवं राजनीतिक विषय भएको बताए ।
उनले भने “दलाई लामाको उत्तराधिकारी छनौट गर्ने प्रक्रिया २०० वर्ष पुरानो प्रक्रिया हो ।”
ल्हासामा पत्रकारहरूसँगको छलफलमा यस्तो बताउँदै उनले चिनियाँ सरकारले पनि यो विषयलाई स्वीकृत दिनुपर्ने बताए ।
दलाई लामाको पुनर्जन्मको प्रक्रियाका लागि तिब्बतमा एक ऐतिहासिक संस्थान छ ।
लामाको पुनर्जन्मको निर्णय कुनै व्यक्तिको नीजी इच्छा वा अन्य देशकामा बसिरहेका केही व्यक्तिको स्वार्थका आधारमा गर्न नहुने बताउँदै उनले भने “ वर्तमान दलाई लामालाई चीनले मान्यता दिएका थियो र अब उनको उत्तराधिकारी चीन भित्रबाटै खोजिनुपर्ने छ ।”
चिनियाँ रिसर्च सेन्टरका निर्देशक जहा लुओले लामाको उत्तराधिकारी खोजीमा भारतको तर्फबाट हुने असहमति दुई देशबीचको सम्बन्धमा असर पार्ने बताए ।
सन् १९५९मा तिब्बतबाट भागेर दलाई लामा भारतको हिमाचल प्रदेश स्थित धर्मशालामा आई शरणार्थी भइ बसेका छन् ।
प्रतिक्रिया