नाङ्गियो लन्डन मिडिया स्वतन्त्रता सम्मेलन

नाङ्गियो लन्डन मिडिया स्वतन्त्रता सम्मेलन

काठमाडौ  । बेलायत र क्यानाडियाली विदेशमन्त्रीहरूको सह आयोजनामा लन्डनमा सम्पन्न भएको विश्व मिडिया स्वतन्त्रता सम्मेलनको कालो चरित्र नाङ्गिन पुगेको छ ।

यो मिडिया स्वतन्त्रा सम्मेलनले दिने मर्म र भावना विपरीत लन्डनको यो सम्मेलन सम्पन्न भएको देखिएको हो ।

अन्यायपूर्ण तवरबाट जेलमा कैद गरिएका किरिल भ्याशिन्स्की र जुलियप्या असान्जजस्ता पत्रकारहरूको बारेमा एक शब्द नबोल्ने विश्व मिडिया स्वतन्त्रता सम्मेलन कसको हितमा भएको हो त्यो स्पस्ट पारेको छ ।

त्यतिमात्रै होइन यसमा विश्वका दुई महत्वपूर्ण मिडिया समूहलाई सहभागी हुनबाट रोकिएको देखियो ।

रूसको आरटी र स्पुतनिक समूहका पत्रकारहरूलाई प्रवेश गर्न दिइएन ।

गार्डियनका पूर्व विदेश संवाददाता प्रमुख जोनाथन स्टीलेले आरटी र स्पुतनिकलाई बाहिर राख्नु लज्जास्पद भएको बताए ।