बाढी पीडितले जलाए समाजवादी अध्यक्ष उपेन्द्र यादवको पुतला

बाढी पीडितले जलाए समाजवादी अध्यक्ष उपेन्द्र यादवको पुतला

सप्तरी, ३१ असार । बिपद्का बेला आफुहरुको समस्या बुझ्न समेत नआएको भन्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्रका बाढी पीडितहरुले पुतला जलाएका छन् । 

संघीय सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री समेत रहेका यादवले बाढी पहिरोको बेला सहयोग गर्न त के समस्या बुझ्न समेत नआएको भन्दै उनी निर्वाचित भएकै क्षेत्रका बाढी पीडितहरुले पुतला जलाएका हुन् ।

बिगत केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित र डुबानमा परेको बेला मन्त्री यादवले कुनै चासो नदेखाएको भन्दै बाढी प्रभावित क्षेत्र सप्तरीको तिलाठीका पीडितहरुले मन्त्री यादवको पुतला जलाएको हो । 

बाढीका कारण सप्तरीमा दर्जनौ वेपत्ता भएका छन् भने कतिपयको ज्यान गएपनि मन्त्री यादव हालसम्म सप्तरी नआएकोमा बाढी पीडितहरु आक्रोशित भएका छन् । 

डुवानपछि नत उहाँ आफ्नो क्षेत्रमा आएका छन् न कुनै राहतको व्यवस्था नै गरेका छन्, त्यसैको आक्रोशमा त्यहाँका स्थानीय जनताले मन्त्रीको पुतला जलाएको स्थानीय युवा राजेश सिंहले बताएका छन् । 

भोट लिने बेला जनता चाहिने तर, जनता पीडामा हुँदा खबर लिन आनुको साटो मन्त्री यादव विदेश घुम्न जाने गरेको आरोप स्थानीयको छ ।