सन्दर्भः गुरूपूर्णिमाको

सन्दर्भः गुरूपूर्णिमाको

विन्दा मैनाली

    गुरु वेदव्यासको स्मरण गरी असार शुक्ल पूर्णिमाको दिन मनाइने पर्व गुरुपूर्णिमाको नामले    चिनिन्छ ।  यस दिन सबैले आ–आफ्नो गुरुलाई सम्झिने र श्रद्धा गर्ने गर्छन् । यही क्रममा मलाई मेरा श्रद्धेय गुरू उमेश लाल दास कर्णका बारेमा केही शब्द लेख्न मन लाग्यो । उमेश  सर वि. सं. २०३७÷०३८ सालतिर सर्लाही जिल्लाको साबिक ईश्वरपुर गा. वि. स. स्थित श्री नारायण माध्यमिक विद्यालयका गणित विषयका शिक्षक हुनुहुन्थ्यो । उहाँको बारेमा लेख्नुअघि गुरुपूर्णिमालाई व्यास पूर्णिमा भन्नुपर्ने कारण के रहेछ भनेर बुझ्न आवश्यक छ । 
    
द्वापरयुगको अन्त्यतिर अर्थात पाँच हजार वर्षपहिले यसै दिन वेदव्यास (कृष्ण द्वैपायन) को जन्म भएको रहेछ  । वेदव्यासभन्दा पूर्व वशिष्ट भारद्वाज...... जस्ता व्यास परम्पराका सत्ताइस (२७)  गुरुहरू थिए । वेदव्यास २८औं व्यास हुन् । ती सत्ताइस गुरुलाई छाडेर यी वेदव्यासको जन्मदिनलाई यस पूर्वीय आर्य समाजले किन स्मरण गरिरहेको छ ? त्यो पनि पाँच हजार वर्षदेखि निरन्तर उनलाई यसरी सम्झिनुपर्ने कारणको खोजी गर्दा उनले त्यतिबेला गरेका सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रका कामहरूका बारेमा बुझ्नु आवश्यक छ । समाज, धर्मशास्त्रअनुसार नै चल्दथ्यो भन्ने कुरा इतिहासले बताएको छ । त्यतिबेलाको सामाजिक व्यवस्थाअनुसार व्यास परम्परा हिन्दू धर्म र आर्य समाजको नीति निर्माता जस्तो देखिन्छ । वेदव्यास, असामान्य प्रतिभा कान्तदर्शी  जीवन विषय, विरागी दृष्टिकोण भएका अगाध विधाता र अप्रतिम् साङ्गठनिक  कौशलता भएका श्रेष्ठतम  ऋषिका रूपमा पुराणहरूमा अङ्कित छन् ।  गुरु ऋषिहरूको वाक्य शुद्धि हुने हुनाले उनीहरूको आज्ञालाई राजाहरूले पनि पालना गरेको कुरा इतिहासमा पनि पढ्न पाइन्छ । त्यस्तो परम्पराका यी अट्ठाइसौं गुरु व्यासले उनीभन्दा पहिलेका गुरुहरूले गर्न नसकेका काम वेदव्यासले पूरा गरेको देखिन्छ । यिनी मूलतः ब्रह्मसूत्रका रचयिता, महाभारत र श्रीमदभगवतका लेखकका रूपमा सुपरिचिति छन् । 

यिनले विभिन्न क्षेत्रमा छरिएर रहेका वैदिक मन्त्रहरूलाई विषयगत हिसाबले बेग्लाबेग्लै विभाजन र लिपिबद्ध गरी व्यवस्थित गर्ने काम गरेको देखिन्छ । उनले वैदिक संस्कृतिलाई एउटा शैक्षिक, सामाजिक र राजनीतिक नीतिको थिति बसाल्ने काम गरेका रहेछन् । उनले वेदको लेखन र सम्पादनको काम गरेर युगौंयुगको व्यास परम्परादेखि अपुरो रहेको कामलाई पुरा गरे । वेदव्यास अष्टचिरञ्जिवीमध्येको एक चिरञ्जिवी हुन् । कहिल्यै मरण नहुने र सधै बलबुद्धि ताजै रहने हुन्छ । यी चिरञ्जिवीहरूको सधै बलबुद्धि ताजै हुने महापुरुषहरूले युगौंयुगसम्म समाजोपयोगी काम गरेका हुन्छन् । वेदव्यासले हिन्दूहरूको पवित्र ग्रन्थ श्रीमदभगवत, अठार पुराणहरूको रचनाका साथै वेदको लेखन र सम्पादन गरेकाले यिनी अ गुरुहरूभन्दा श्रेष्ठतम मानिएका  रहेछन् । 
    
यिनले कठोर युगको साधना गरी दिव्य ज्ञान प्राप्त गरेकाले यिनलाई त्रिकालदर्शी पनि भनिन्छ । त्यसैले पनि यिनले कसैको पनि भूत, भविष्य र वर्तमान बनाउन सक्थे । उनले शैक्षिक क्षेत्रका साथै सामाजिक र राजनीतिक क्षेत्रमा पनि उनको योगदान त्यत्तिक्कै रहेको देखिन्छ । उनको दिव्य ज्ञानको सन्दर्भमा एउटा रोचक प्रसङ्ग पनि छ । पाँच पाण्डवहरूको विवाह द्रौपदीसँग गराउन यिनको महत्वपूर्ण भूमिका रह्यो । द्रौपदीका पिता द्रौपद राजालाई द्रौपदीले अघिल्लो जन्ममा पाँच पति मागेको प्रमाण व्यासले द्रौपद राजालाई दिएपछि उनले पाँच पाण्डवसँग द्रौपदीको विवाह गराउन राजी भए । यिनले भूत र भविष्यको कारण देखाएर समाजमा भएका अप्ठ्यारा कामहरू सहज रुपमा समाधान गर्थे ।  उनले पाप्त गरेको दिव्यदृष्टि अरूलाई पनि प्रदान गर्न सक्ने क्षमता थियो । उनले महाभारत युद्धमा संजयलाई दिव्यदृष्टि प्रदान गरी धृतराष्टलाई युद्धको वृतान्त सुनाउने काम भयो । वेदव्यास मत्स्यगन्धा र पराशर ऋषिका पुत्र हुन् । मत्स्यगन्धा नदीको किनारमा  बस्ने हुनाले  यिनको जन्म पनि नदीको किनारमै भयो । 

यिनी जन्मैदेखि प्रकृतिको काखमा हुर्किए । यिनले योग साधना तपस्या पनि नदी, वन पर्वतमा गरेको देखिन्छ । यिनले जीवनभर परिवारबाट टाँढै रहेर ज्ञान आर्जन र समाज कल्याणका काममा समय बिताएको पाइन्छ । मत्स्यगन्धाले  पराशर ऋषिसँग महाप्रतापि पुत्र होस भन्ने वरदान मागेकी थिइन् र उनको कठोर परिश्रमले उनी त्यस्तै भए । यिनी महाभारत युद्धमा प्रत्यक्ष रूपमा पाण्डवहरूसँग संलग्न थिए । पाण्डु, धृतराष्ट्र र विदुरका पिता भएका कारणले  पनि हस्तिनापुर दरबारमा यिनको प्रत्यक्ष संलग्नता थियो । दरबारमा सङ्कटको घडीमा यिनको सल्लाह  लिन्थे । महाभारत युद्ध रोक्न वेदव्यासले धेरै प्रयास गरे तर उनी सफल भएनन् । यिनी सत्यवादी थिए र उनी पाण्डवका पक्षमा थिए । यिनले जीवनभर प्रकृतिको नजिक रहेर कठोर मेहनत गरी आर्जन गरेका ज्ञान, अनुभव सबै सामाजिक उद्धारमा अर्पित गरे । उनको त्यो कार्यलाई पूर्वीय आर्य समाजले सम्मान पनि गरिरहेको छ र पाँच हजार बर्षदेखि निरन्तर रूपमा व्यासको जन्मदिन मनाइरहेका छन् । त्यस्ता महानगुरुको महान कार्यको सराहना गर्दै आफ्ना गुरुहरूलाई सम्झिन गुरुपूर्णिमाको दिन त्यसैले पनि महŒवपूर्ण मानिन्छ । 
    
यही व्यास पूर्णिमाको सन्दर्भमा यस लेखमा स्मरण गर्न खोजेका गुरु उमेश लाल दास कर्णका बारेमा लेख्ने प्रयास गरिएको छ ।  सर्लाही जिल्ला जल्दी निवासी उमेश सरले हामीलाई नेपाली विषय बाहेक अरू सबै विषय सहज ढङ्गले पढाउनु हुन्थ्यो । उहाँको लगनशीलता, क्षमता, विषयगत खुबी र इमान्दारी सम्झ्यो भने उहाँले पढाउने विद्यार्थीहरूले सबै काम छाडेर एकछिन नतमस्तक हुन बाध्य हुन्छन् कि हाम्रो यस्ता होनहार गुरु हुनुहुन्थ्यो भनेर । उमेश सरको क्लास भनेपछि कोही विद्यार्थीले पनि कक्षाकोठा छाडेर जाँदैनथे । स्कुल आएर पढेको पढाई नै उमेश सरको क्लास हुन्थ्यो । उहाँ कक्षाकोठामा  छिरेपछि सबैको  श्वास नै रोकिए जस्तो शान्त वातावरण हुन्थ्यो । वहाँले पढाएपछि सबै छर्लङ्ग बुझिन्थ्यो । सर बिरामी परेर अथवा केही काम परेर उमेश सरको क्लास हुँदैन भनेको कहिले सुन्नु परेन । 

परीक्षाको बेलामा उमेश सरलाई देखेपछि स्कुल कम्पाउण्डभित्र चिट चोराउन बसेकाहरूको भागाभाग हुन्थ्यो । परीक्षा हलभित्र उमेश सर छिरेपछि चिट चोर्नेहरू सामान्य भएर लेख्न नै सक्दैनथे ।  उमेश सरले औलो उठाएपछि चिट चोर्नेहरूले आपैmले चिट ल्याएर सरलाई दिन्थे । एउटा यस्तो घटना घटेको छ कि त्यो म जीवनभर बिर्सन सक्दिन । एकजना साह्रै भुस्कोल विद्यार्थी थिइन् । तिनले सँधै गणितमा शुन्य अङ्क ल्याउँथिन् । त्यतिबेला तीन तीन महिनामा परीक्षा हुन्थ्यो ।  अर्को तीन महिनामा फेरि परीक्षा भयो र त्यसबेला उमेश सरले परीक्षा हुनुभन्दा दस मिनेट पहिले आएर प्रश्नपत्र परिवर्तन गरिदिनु भयो । अघिल्लो परीक्षामा शुन्य ल्याउने विद्यार्थीले १०० ल्याएको थियो । प्रश्नपत्र परिवर्तन गरेपछि सय ल्याउने विद्यार्थी फेरि शुन्यमा झरिन् । कुरो के रहेछ भने तिनको घरमा अर्को गणित विषयका शिक्षक बसेको थिए । उनलाई र उनको ट्युशन पढ्ने जतिलाई प्रश्नपत्र आउट गर्ने गर्दा रहेछन् । उमेश सरले त्यो कुरा पत्ता लगाउनु भयो । सरले त्यस्ता खालका विकृतिहरू हुन नदिन निरन्तर लागि पर्नुहुन्थ्यो । ती प्रश्नपत्र आउट गर्नेहरू उमेश सरको अगाडि अँध्यारो मुख लगाउँथे भने भित्रभित्रै कैची काट्थे । उमेश सरको क्लासमा जेहेन्दार विद्यार्थी अगाडि बेन्चमा हुन्थे र भुस्कोल जति पछाडि बेन्चमा तर सरले सधै पछाडिकालाई ध्यानमा राख्नु हुन्थ्यो । नआउने जतिलाई दोहो¥याई तेह¥याई बुझाउनु हुन्थ्यो । 

 जे जति सिक्नु छ मलाई जतिखेर पनि सोध्न सक्छौ भन्नु हुन्थ्यो ।  उहाँले लड्न लागेकालाई उठाउनु हुन्थ्यो । प्रतिभावान विद्यार्थीलाई अझ माथि उठाउनु हुन्थ्यो । उमेश सर त्यस्तो गुरु हुनुहुन्थ्यो उहाँको क्षमता, प्रतिभा र कार्यशैली सम्झेर उहाँले पढाएका विद्यार्थीहरू अहिलेसम्म ‘ओहो’ हाम्रो उमेश सर भन्छन् । उहाँले चोरेर होइन मेहनत गरेर पढ भन्नु हुन्थ्यो । चोरेर ल्याएको नम्बरले तिमीहरूलाई नै भविष्यमा धोका दिन्छ भन्नु हुन्थ्यो । उमेश सरको पालामा गणित र विज्ञान जस्तो विषयमा  काठमाडौंका नाम चलेका विद्यार्थीको जति नै  एस. एल. सी. परीक्षामा नम्बर आएको हुन्थ्यो । त्यो श्री नारायण माध्यमिक विद्यालयका विद्यार्थीको लोकसेवाको प्रतिस्पर्धामा होस वा विदेशमा उच्च शिक्षा आर्जनका लागि छात्रवृत्तिमा देशविदेश सबै क्षेत्रमा प्रतिस्पर्धामा सफल भएका छन् । आज सञ्चार माध्यमको सहजता र प्रविधिको विकासले गर्दा देशविदेशका धेरै कुराहरू जान्दछन् । बोर्डिङ स्कुलतिरका विद्यार्थीहरू गुरुलाई उपहार दिने, गुरुलाई खुशी पार्न नाचगान गर्ने गरेर गुरुपूर्णिमाको दिन गुरुलाई सम्झिने गर्छन् । त्यतिबेला र अहिले धेरै अन्तर छ । त्यतिबेला गुरु र विद्यार्थी बीच दोहोरो कुराकानी नै हुँदैनथ्यो । सरले प्रश्न सोध्ने र विद्यार्थीले उत्तर दिने मात्र हुन्थ्यो । आज आफ्नो घरमा छोराछोरीहरुले गुरुपूर्णिमामा गुरुलाई ह्यापी टिचर भनेर उपहार दिएको रमाइलो गरेको देख्दा हाम्रो पालामा त यस्तो भएन जस्तो लाग्छ । उमेश सर टल्किने कागजभित्रको उपहारको प्याकिङभन्दा मार्कसिटको राम्रो नम्बरको उपहारमा नै रमाउने गुरु हुनुहुन्थ्यो । उहाँ सधै मेहनतसाथ राम्रो नम्बर ल्याएर भविष्य उज्वल बनाउनु पर्छ भन्ने गुरु हुनुहुन्थ्यो । उमेश सरले पढाएका विद्यार्थीहरुले आर्जन गरेका समाजोपयोगी ज्ञान नै उमेश सरलाई गुरुपूर्णिमामा दिने उपहार हुन् । इमान्दारीको कमाई नै उहाँको मूलमन्त्र हो । उहाँको मस्तिष्कले विद्यार्थीप्रति गरेको लगानी असारको खेती जस्तै हो जो घामपानी, गर्मी, हिलो, धुलो नभनीकन मङ्सीरका बालीका लागि दिनरात लागि पर्दछ ।
    
सर्लाही जिल्लाका चार दशक अगाडिको नेपालको राजनीतिक, सामाजिक र शैक्षिक परिस्थिति २००७ सालपछि बिरलै रूपमा हाइस्कुलहरू त्यसमा पनि विषयपिच्छेका दक्ष शिक्षकहरूको अभाव हुने अव्यवस्थित नेपालको शैक्षिक क्षेत्र, मलाई उनै व्यासको समय उत्तरवैदिक युगका बेलाका वेदव्यास जस्तो अनिकालका बीऊ जस्तो लाग्छ उमेश सर । 

    आज हामी आफ्ना सन्ततिलाई पढाउने क्रममा युनिभर्सिटी अफ क्याम्ब्रिज ( युनाइटेड किङडम), म्यास्याच्युसेट्स इन्स्टीच्युट अफ टेक्नोलोजी ( एम. आइ. टी.) अमेरिका, हावर्ड युनिभरसिटी  (अमेरिका) र अरू यस्तै युनिभरसिटीका बारेमा खुबै चर्चा गर्छौ । खुबै महŒव दिन्छौ । तर हाम्रा सन्ततिलाई त्यस ठाउँमा पु¥याउनका लागि जग तयार गर्ने श्री नारायण माध्यमिक विद्यालय, केशरगंजतिर किन पिठ्यूँ फर्काउछौ ? यत्रो गुरुपूर्णिमा जस्तो महान् चाडमा उमेश सर जस्ता गुरुलाई किन बिर्सन्छौ ? 
        
        
(लेखिका प्रगतिशील लेखक सङ्घ
        केन्द्रीय सदस्य हुन)