पारपाचुके गरेका विश्वका सर्वाधिक धनी जेफ बेजोस ‘गर्लफ्रेन्ड’का साथ पहिलो पटक सार्वजनिक भए

पारपाचुके गरेका विश्वका सर्वाधिक धनी जेफ बेजोस ‘गर्लफ्रेन्ड’का साथ पहिलो पटक सार्वजनिक भए

काठमाडौ । लन्डनमा आयोजना भएको विम्बल्डन फाइनल खेलमा पत्नीसँग पारपाचुके गरिसकेका विश्वका सर्वाधिक धनी अर्बपति जेफ बेजोसले गर्लफ्रेन्ड लारेन सान्जेजसँग पहिलो पटक सार्वजनिक भए ।

अमेजनका संस्थापनक तथा प्रमुख कार्यककारी बेजोस आइतबार सान्चेजसँग विम्बल्डनको पुरूष एकलको फाइनल हेर्न पुगेका थिए ।

यो खेल ५ घन्टा लामो भएको थियो । यी दुई बीचको सम्बन्धबारे गत जनवरीमा सार्वजनिक भएको थियो ।

यो सार्वजनिक हुन अघि बेजोसले पूर्व पत्नी म्याकेन्जीसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका थिए ।

 सम्बन्ध विच्छेदको सबै प्रक्रिया पूरा भइ अमेजनको ४प्रतिशत शेयर दिने गरी सहमति भएको हो  ।

यो शेयरको मूल्य ४०अर्ब ५०लाख अमेरिकी डलर बराबर रहेको छ । तर उनले आफ्नो आधा सम्पत्ति दान गर्ने घोषणा गरेकी छिन् ।

बेजोस पतिपत्नी बीचको सम्बन्ध विच्छेद टुंिगएसँगै सान्चेजले पनि पति प्याट्रिक वाइटसेलसँग सम्बन्ध विच्छेद गर्ने  प्रक्रिया अगाडि बढाएकी थिइन् ।

पूर्वी टेलिभिजन एंकर सान्चेज १४ वर्ष पहिले वाइटसेलसँग बिहे गरेकी थिइन् ।

बेजोस २ वर्ष अघि वाइटसेलको माध्यमबाट सान्चेजसँग भेटेका थिए । त्यसपछि दुबैबीच सम्बन्ध स्थापित हुन पुगेको थियो ।