गएको १० वर्षमा भारतका २७ करोड १० लाख मानिस गरिबीबाट बाहिरिए
काठमाडौ । विभिन्न सूचकहरूको आधारमा गएको १० वर्षमा भारतका २७ करोड १० ला मानिस गरिबीको परिभाषाबाट बाहिर निस्किएका हुन् ।
सन् २००६ देखि २०१६सम्मको अवधिमा भान्सा पकाउने ग्यास, सरसफाइ र पोषणलगायतका सम्पत्तिहरू भए नभएको आधारमा निर्धारण गरिने गरिबी रेखामुनिबाट उनीहरू बाहिर निस्केको संयुक्त राष्ट्रसंघको सन् २०१९को प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बहुआयामिक गरिबी सूचक (मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स युएनडीपी)को प्रतिवेदनको आधारमा यो जानकारी सार्वजनिक गरिएको हो ।
१०१ देशको अध्ययन गरिएको छ । ती मध्ये ३१ देश न्यून आयको देश, ६८ मध्य आयको देश र २ उच्च आयको देशको रूपमा रहेका छन् ।
भारत र कम्बोडियामा गरिबी निवारण कार्यक्रम द्रुतगतिमा बढेको देखिएको छ । सन् २००५–०६मा भारतमा ६४ करोड मानिस बहुआयामिक गरिबी रेखामुनि रहेका थिए ।
यो घटेर ३६ करोड ९० लाखमा झरेको छ । प्रतिशतको हिसाबमा कुल भारतीयहरूको २७.९ प्रतिशत अझ गरिबी रेखामुनि रहको छ ।
प्रतिक्रिया